लायन्स कपिलवस्तुका अध्यक्ष घिमिरेले लिए पदभार

लायन्स क्लब अफ कपिलबस्तुलाई अबको एक वर्ष हाँक्ने जिम्मा समाजसेवी नवदत्त घिमिरेको काँधमा आएको छ । क्लवको सातौ पदहस्तान्तरण कार्यक्रममार्फत् लायन बर्ष २०२३ र २४ का अध्यक्ष ओमप्रकाश घिमिरेले नवदत्त घिमिरेलाई बर्ष २०२४ र२५ को लागि अध्यक्षको पदभार सुम्पेपछि घिमिरे नेतृत्वको टिमले अब क्लवलाई अघि बढाउने छ ।

पदभार ग्रहण गर्दै घिमिरेले स्थानीय सरकार, यहाँका बिभिन्न संघसंस्था संग समन्वय गरेर अघि बढ्ने बताउनु भयो । कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव र बिभिन्न संघसंस्थामा आवद्ध रहनु भएका घिमिरेले सबैबाट सहयोग पाउने विश्वास व्यक्त गर्नु भएको थियो । उहाँ सन् २०१७ सालबाट क्लवमा आवद्ध रहनु भएको थियो ।

कार्यक्रममा उपस्थित सबैले घिमिरेलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । यसैबीच पद हस्तान्तरण कार्यक्रमका प्रमुख अथिति बिष्णु पन्थीले लायन्स क्लवबाट आफू प्रभावित रहेको भन्दै घिमिरे नेतृत्वले आगामी दिनमा अझै राम्रो काम गर्ने बताउनु भयो ।

लायन्सका डिस्ट्रिक गर्भनर अर्जुन मान सैजुले कपिलवस्तु देशभरकै क्लवमध्ये उत्कृष्ट क्लव रहेको भन्दै प्रसंसा गर्दै कपिलवस्तु हरेक बर्ष उत्कृष्ट क्लवको रुपमा दर्ज भएको भन्दै डिस्ट्रिकले पनि कपिलवस्तुलाई विशेष रुपमा हेर्ने गरेको उहाँले बताउनु भयो। कार्यक्रमा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, लायन्सका डिस्ट्रिक, जोन र एरियामा रहेका बिभिन्न ब्यक्ति, पुर्व अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

यसैबीच भर्खरै निवर्तमान भएका ओमप्रकाश घिमिरेले लायन्स अफ दि इअरको सम्मान सचिव राम प्रसाद भुसाललाई प्रदान गरेका छन् । आफ्नो कार्यकाल सफल बनाउन सबै लायन्सहरुमध्ये सचिव भुसालको भूमिका अझै महत्वपूर्ण रहेको भन्दै घिमिरेले भुसाललाई सम्मान प्रदान गरेका हुन् । घिमिरेले आफूलाई सहयोग गर्ने सबैलाई अवार्डबाट सम्मानित गरेका थिए ।

घिमिरेको १ बर्षे कार्यकालमा क्लवले सामाजिक र मानवीय हिसाबले २ सय बढी काम गरेको कार्यक्रममार्फत् जानकारी गराइएको थियो । त्यसै कारण घिमिरे उत्कृष्ट अध्यक्ष बन्न सफल रहेका थिए भने २४ । २५ मा मुलुकका उत्कृष्ट १० क्लवमा कपिलवस्तु परेको थियो । ओम प्रकास घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा वर्ष २३र२४ का प्रथम उपाध्यक्ष नबदत्त घिमिरेको स्वागत, लायन सागर घिमिरेको संयोजन रहेको कार्यक्रमको राम प्रसाद भुसाल र दामोदर पन्थीले संचालन गर्नुभएको थियो।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation