
कञ्चन, असार १० ।
रुपन्देहीको कञ्चन गाउँपालिकाले आगामी वर्षका लागी बजेट ल्याएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२का लागी रु।५७ करोड २१ लाख २० हजार ६ सय ५० प्रस्तुत गरेको छ ।गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले प्रस्तुत गरेको बजेट अनुसार चालु तर्फ रु ३७ करोड ६७ लाख ९० हजार ६ सय ५० र पुँजिगत तर्फ रु।१९ करोड ५३ लाख ३० हजार खर्च हुने अनुमान गरिएको छ ।
आन्तरिक आम्दानी रु २ करोड ५० लाख प्रक्षेपण हुने भनिएको छ । नेपाल सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदान रु १२ करोड ८ लाख,संघिय राजश्वर बाँडफाँड रु ९ करोड २३ लाख,घरजग्गा रजिष्ट्रेशन दस्तुर बापत रु ७५ लाख, संघिय समपुरक अनुदान रु ९० लाख,संघिय सरकार विशेष अनुदा रु ३ करोड ५० लाख,संघिय सरकार सशर्त अनुदान रु २१ करोड ५१ लख, प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदान रु ८२ लाख १७ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड रु ३९ लाख २० हजार, प्रदेश सरकार सशर्त अनुदान रु १५ लाख, प्रदेश सरकार समपुरक अनुदान रु ७० लाख,सडक बोर्ड नेपालबाट रु ३० लाख,चालु आ।वमा खर्च पश्चात रु ३ करोड ६७ लाख ५९ हजार नगद मौज्दात हुने प्रक्षेपण गरिएको छ ।
गाउँपालिकाको आगामी बजेटमा सुकुम्बासी समस्या समाधानका लागी रु ५० लाख,संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ रु १२ करोड ८५ लाख ९६ हजार,समृद्धिका लागी वन अन्र्तगत रु ३५ लाख, पुर्वाधार विकासका लागी रु ११ करोड ५६ लाख ८० हजार भने सामाजिक विकास तर्फ रु २९ करोड ९८ लाख २१ हजार ६ सय ५० विनियोजन भएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायत क्षेत्रमा पालिकाले सन्तोषजनक बजेट विनियोजन गरेको छ ।
जनमुखी निति तथा कार्यक्रमले जनतामा खुशी आएको अनुभुति गरेका छन् । सोमबार भएको बजेटमा गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा सम्पन्न १६औँ गाउँसभामा उपाध्यक्ष मौसमी थापा मगर, प्रमुख प्रशासकीय अधिकृत सागर गौतम, प्रवक्ता चित्रलाल तुलाचन, वडाअध्यक्षहरु, कार्यापालिका सदस्यहरु, वडासदस्यहरु, कर्मचारीहरु, पत्रकारहरु लगायतको आतिथ्यता रहेको थियो ।