युवा उद्यमसिलता अवसर र चुनौती विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सैनामैनामा सम्पन्न

सैनामैना,९ असार । युवा उद्यमसिलता अवसर र चुनौती विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सैनामैनामा सम्पन्न भएको छ । युथ अफ नेसन सैनामैनानाको आयोजनामा भएको कार्यक्रममा सैनामैना, बुटवल लगायत विभिन्न ठाउँबाट विभिन्न पेसा व्यवसायिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमकोे उदेश्य र यसको लक्ष्य माथि प्रकास पार्दै युवा समाजसेवी महेश अधिकारीले सैनामैना नरपालिका भित्र रहेका युवा युवतीहरुलाइ कसरी विदेश जानबाट रोक्न सकिन्छ र यहि ठाउँमा रोजकार सृजना गरि आयआर्जनका क्षेत्रमा लगाउन सकिन्छ साथै यस क्षेत्रको विकास बिस्तार गरि सुन्दन नगर बनाउनुका साथै अर्गानिक खेतीको उत्पादन र त्यसको बजारिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको अवसरमा बोल्दै डा. निकोलस भुसालले पछिल्लो समय मानीहरु बढी बिदेश पलायन भैरहेको अवस्थामा देशलाइ अर्गानिक खेतीका उत्पादनमा बृद्धी गरि लोक्कल उत्पादनलाई ब्रानडेट गराउनुका साथै जडिबुटी उत्पादन सँगै हरेक स्थानीय तहमा एक कोल स्टोर एक संकलन केन्द्र र एक नर्सरी बनाउने अभियानमा लाग्नुपर्ने जोड दिदै आफु यो अभियाना हिडेको र धेरै ठाउँमा निर्माणकार्य भैरहेको बताउदै सैनामैना बाँसी आमा बुवा दाजु भाई हरुलाइ पनि यो महान कार्यमा जोडिदै आफ्नो पेसालाई व्यवसायको रुपमा बिकास गर्न जोड दिनुभयो । कार्यक्रममा विभिन्न पेसा व्यवसायमा आवद्ध बैदिक व्यक्तित्वहरु बोल्दै, आ–आफ्नो क्षेत्रमा भएका समस्या चुनैती र बिकल्पका बिसयमा आ –आफ्नो धारणा राख्नुभएको थियो ।

तेसैगरी सैनामैनाका युवाहरु जसरी युवाहरु एक हुनुभएको छ यो कार्य अगाडि बडाउन उत्तिकै चुनैरी रहेको र निरन्त्रता दिएमा छिटै सफलता समेत हात पार्ने बताउदै पुर्ण सफलताको सुभकामना समेत दिनुभएको थियो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation