काठमाण्डाै महानगरले आलाेकनगर क्षेत्रमा डाेजर चलायाे

काठमाण्डौ महानगरपालिकाले वडा नम्बर ३१ को आलोकनगर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर टहरा भत्काइदिएको छ । पटक पटक चेतावनी दिँदा पनि अटेरी गरेको भन्दै महानगरपालिकाले अवैध घर टहरा भत्काएको जनाएको छ । वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन शुरु गरेको महानगर प्रहरीले जनाएको छ ।

 

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation