राष्ट्रिय युवा संघ कञ्चनको वडा अधिवेशन तथा युवा भेला भव्यताका साथ सम्पन्न

राष्ट्रिय युवा संघ कञ्चनको वडा अधिवेशन तथा युवा भेला कञ्चन गाँउपालिका वडा न.४ स्थित ऐतिहासिक पर्यटकीय स्थल भैरवघाटमा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
अधिवेशनले कञ्चन १ को लागि किरण राहादीको अध्यक्षतामा ९ सदस्य कमिटी गठन गरेको छ जसको उपाध्यक्षमा अनिश बुढाथोकी, सचिव गोपाल पौडेल, सह सचिव तिलक पुन मगर र कोषाध्यक्ष मिन रिजाल रहेका छन । त्यस्तै सदस्यहरुमा श्याम राहादी, मनोज पुन, दिपक सुनार सर्वसम्मत रुपमा निर्वाचित भएका छन ।
त्यस्तै क्रमश अधिवेशनले कञ्चन २ को लागि सुस्मिता बि.क को अध्यक्षतामा ९ सदस्य कमिटी गठन गरेको छ जसको उपाध्यक्षमा लाल बचन लोध, सचिव चन्द्रमणी न्यौपाने, सह सचिव बिष्णु पुन र कोषाध्यक्ष प्रशंसा मल्ल रहेका छन । त्यस्तै सदस्यहरुमा बालकृष्ण बिष्ट, संगीता सुनार, कृष्ण बहादुर के.सी, रामु पौडेल सर्वसम्मत रुपमा निर्वाचित भएका छन ।
.त्यस्तै अधिवेशनले कञ्चन ३ को लागि अनुप क्षेत्रीको अध्यक्षतामा ९ सदस्य कमिटी गठन गरेको छ जसको उपाध्यक्षमा रवी पौडेल, सचिव केशव क्षेत्री, सह सचिव रुपेश थापा र कोषाध्यक्ष रमेश कार्की रहेका छन । त्यस्तै सदस्यहरुमा सुनिल पुरी, यशोदा कुवंर, अरुण थापा, राजु कुवर सर्वसम्मत रुपमा निर्वाचित भएका छन।
त्यस्तै अधिवेशनले कञ्चन ४ को लागि कुमार थापाको अध्यक्षतामा ९ सदस्य कमिटी गठन गरेको छ जसको उपाध्यक्षमा लिला थापा, सचिव पूर्ण थापा, सह सचिव किरण बि.क र कोषाध्यक्ष र बाकी सदस्य पछि मनोनित गर्ने राष्ट्रिय युवा संघ नेपाल, कञ्चन गाँउकमिटीका अध्यक्ष जीवन क्षेत्रीले बताउनु भयो ।
त्यस्तै अधिवेशनले कञ्चन ५ को लागि रामु बास्तोलाको अध्यक्षतामा ९ सदस्य कमिटी गठन गरेको छ जसको उपाध्यक्षमा किरण दर्लामी, सचिव सुरज थारु, सह सचिव सलिना थापा र कोषाध्यक्ष बाबुराम थारु रहेका छन । त्यस्तै सदस्यहरुमा सिजन थापा, प्रतिक थापा, बिशाल राना, नोकेन्द्र कुवँर सर्वसम्मत रुपमा निर्वाचित भएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले युवा संघले समाजिक रुपान्तरणमा उल्लेखनीय कामहरु गरिरहेको स्मरण गर्दै आगामी दिनहरुमा पनि युवा संघले समाज परिवर्तनको लागि अग्रपंक्तिमा रहि काम गर्न आग्रह गर्नुभएको थियो । साथै उँहाले केहि व्यक्ति पार्टी बाट छुटिएर जादैमा र अर्को पार्टी गठन गर्दैमा निराश हुन नपर्ने र नेकपा एमाले प्रगतिशील, जनपक्षीय पार्टी भएकाले हावाहुरी चल्नासाथ विचलित हुन नपर्ने र नेपालको शक्तिशाली पार्टी र आम जनसमुदायको मनमनमा बस्न सफल भएको पार्टी नेकपा एमाले भएकोले यसमा आवद्ध भई सामाजिक जागरणको नेतृत्वदायी भुमिका निर्वाह गर्न युवाहरुलाई आब्हान समेत गर्नुभयो ।
साथै अब मिसन ८४ लाई नेकपा एमालेको नेतृत्वमा ल्याउन र एमालेलाई विस्थापन गर्न, पार्टीलाई विभाजन गर्न र विरोधीहरूलाई सघाउ पुराउन मुख्य भूमिका खेल्ने तत्व र प्रवृत्तिको विरुद्धमा एकजुट भई पार्टीलाई शुद्धीकरण गर्ने अभियानमा जुट्न युवा शक्तिलाई प्रमुख अतिथि भट्टराईले आग्रह गर्नुभयो । उहाँले जनताको हित विपरितका असंवैधानिक र अलोकतान्त्रिक गतिविधिहरु बढ्दै गइरहेको हुँदा त्यसका विरुद्ध एकजुट भएर खवरदारी गर्न राष्ट्रिय युवा संघ नेपालमा आवद्ध युवाहरुलाई आब्हान गर्नुभयो ।
साथै प्रमुख अतिथी भट्टराईले मुलुकमा रहेका विभिन्न पार्टीमध्ये नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएको बताउनुभयो । नेता भट्टराईले गठबन्धन गरेर नगए एमाले दुईतिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गर्छ भनेर वर्तमान सरकारमा आबद्ध दलका नेताहरु अत्तालिएको बताउदै राष्ट्रिय युवा संघले विभेद र अन्यायविरुद्ध आवाज उठाउनुपर्ने उँहाको भनाइ थियो ।
No description available.कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल, कञ्चन गाँउकमिटीका अध्यक्ष जीवन क्षेत्रीले बोल्ने र भाषण गर्ने भन्दा युवा संघ काममा विश्वास राख्ने संगठन भएको बताउनु भयो । उहाँले युवा संघले कञ्चनमा नयाँ कार्यसमिति गठन भएसंगै दुई महिनाको अन्तरालमा धेरै सामाजिक कामहरु समेत गरेको बताउदै ‘युवा संघलाई पार्टीबाट सहयोग हुनुपर्छ, एमालेमय बनाउन लागिपरेका छौं, ’उँहाले भन्नुभयो ।
.त्यस्तै नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य एवं कञ्चनका इन्चार्ज भरतमणी सापकोटाले मुलुकको नेतृत्व एमालेले गर्नुपर्ने बताउनुभयो । साथै राष्ट्रिय युवा संघमा आबद्ध युवाहरु अन्य राजनीतिक दल भन्दा फरक रहेकाले रचनात्मक काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय स्थायी कमिटी सदस्य बुद्वीराज थापाले एकैदिन ५ वटा वडाको ऐतिहासिक अधिवेशन सम्पन्न भएको बताउनुभयो । ‘सम्भवत नेपालमै एकै दिन राष्ट्रिय युवा संघको ५ वटा वडामा अधिवेशन सम्पन्न भएका छन्, यो आफैमा ऐतिहासिक छ, ’उँहाले भन्नुभयो ।
.कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय स्थायी कमिटी सदस्य बुद्विराज थापा, नेकपा एमाले जिल्ला कमिटी सदस्य नाम बहादुर के.सी, हिमा बेलवासे, लगायतले बोल्दै एमालेले देश र जनताको पक्षमा निरन्तर काम गर्दै आएको बताउनु भयो ।
राष्ट्रिय युवा संघ नेपाल, कञ्चन गाँउकमिटी अध्यक्ष जीवन क्षेत्रीको अध्यक्षता, राष्ट्रिय युवा संघ नेपाल कञ्चन गाँउकमिटी इन्चार्ज कमल परियारको स्वागत तथा स्वबियु हरैया बहुमुखी क्याम्पसका अध्यक्ष प्रदिप सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा पिक्नीकको पनि आयोजना गरिएको थियो ।

 

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation