बर्दियाबाट काठमाण्डौका लागि छुटेको बस दाङमा दुर्घटना, दुुईजनाको ज्यान गयो

माघ ८, २०८० सोमबार

दाङको देउखुरीमा गएराति बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बर्दियाको गेरुवा गाउँपालिका–१ का ३६ वर्षीय भीमनाथ योगी र मधुवन नगरपालिकाका–२ अमरपुरका ३२ वर्षीय युवराज चौधरी रहेका छन् । बर्दियाबाट काठमाण्डौका लागि छुटेको प्रदेश ३–०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिकाको रिहार नजिकै दुर्घटना भएको हो । बसमा रहेका अरु यात्रुको अवस्थामा सामान्य रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation