
रूपन्देहीको कञ्चन गाउपालिका वडा नम्बर ५ भैसियाई बस्ने एक युवा गाई काटेर मासु भाग लगाउँदै गर्दा पक्राउ
कपिलवस्तुको वाणगङ्गामा गाई काटेर मासु भाग लगाउँदै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाणगङ्गा–१० भाबपुर बस्ने वर्ष २० को सुरज बि.क.को घरमा गाईको मासु काटेर भाग लगाउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बाणगङ्गाका वि.क.सहित बुद्धभूमि–१० हरिहरपुर बस्ने ५५ वर्षीय बर्साती थारू र रूपन्देही कञ्चन गाउपालिका वडा नम्बर ५ भैसियाई बस्ने ३० वर्षीय श्रीधर टमटा रहेको प्रहरीले जनाएको छ ।
विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले अन्दाजी १ क्विन्टल गाईको मासु बरामद गरिएको जनाएको छ । उनीहरूलाई जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।