
अहिले देशको पहाडी भू–भागका केही ठाउँमा बादल लाग्नुको साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा केही ठाउँमा बादल लागेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने मौसमविद्को पूर्वानुमान् छ । आज वर्षा तथा हिमपातको सम्भावना छैन । पश्चिमी वायुको आंशिक प्रभाव मात्रै रहेकाले वर्षा र हिमपातको सम्भावना नभएको हो ।
बिहानको समयमा काठमाण्डौ उपत्यका तथा विशेष गरी तराईका जिल्लामा सामान्य हुस्सु तथा कुहिरोका कारण भिजिविलिटी कम भए पनि दिउँसो हट्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।मौसम खुलेको भए पनि चिसो भने बढेको छ ।
आज बिहान पौने ६ बजे काठमाण्डौमा न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।