कुवेतका अमिरको निधनमा आज नेपालमा शोक मनाइने

कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ । अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज (सोमबार) देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । कुवेतका अमिर अल सबाको मङ्सिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको हो ।

 

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation