
राष्ट्रियसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले आज चुनाव चिह्न पाउने भएका छन् । राष्ट्रियसभा चुनावमा भाग लिनका लागि १२ दलहरुले शुक्रबार निवेदन दिएका थिए । निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई आयोगले आज चुनाव चिह्न दिने भएको हो ।
दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।
फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।