नयाँ नेतृत्व चयन गर्दै कञ्चन जेसिजको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा धनपति ज्ञवाली (सन्देश) चयन

गोबिन्द आचार्य / कञ्चन / कञ्चन जेसिजले आफ्नो कञ्चन शाखाको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । संस्थाले शाखाको छैटौं अधिवेशन शनिबार कञ्चन जेसिजको सचिवालयमा सम्पन्न गरेको हो । उक्त अधिवेशनमा संस्थाले निर्विरोध रुपमा २०२४ को लागी नयाँ पदाधिकारी सदस्य चयन गरेको छ । जसको अध्यक्षमा धनपती ज्ञवाली (सन्देश) चयन हुनुभएको छ ।
यस्तै, कार्यकारी उपाध्यक्षको रुपमा निरोज पौडेल र समीर ढकाल निर्वाचित हुनुभएको छ । भने उपाध्यक्षमा क्रमशः रामनाथ गौतम, गोबिन्द आचार्य, नारायण न्यौपाने र झर्ना सापकोटा निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा डिम प्रसाद बराल र सहकोषाध्यक्षमा अमृत बहादुर खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
जेसिजको विधान अनुसार महासचिव, कोषाध्यक्ष र कानूनी सल्लाहाकार निर्वाचित भने नवनिर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यावस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल एकबर्षको हुने छ । जेसिजको नेतृत्वमा १८ बर्षभन्दा माथिका र ४० बर्षभन्दा कम उमेर समूहका व्यक्तिले मात्रै नेतृत्वमा रहन पाउने व्यवस्था विधानमा रहेको छ । जेसिजले नेतृत्व विकास र व्यक्तित्व विकासलाई बढी प्राथामिकता दिने गरेको छ ।
अधिबेशनको अवसरमा जेसिजले आफ्ना विभिन्न कार्ययोजनाहरुलाई अघिल्लो कार्यकालमा पुरा गर्न नसकेका काम र योजनाहरु पुरा गर्नको लागि नयाँ चयन वर्ष २०२४ को कार्यसमितिलाई कञ्चन जेसीजका संस्थापक अध्यक्ष चुडामणी पौडेलले आग्रह गदै नयाँ चयन पदाधिकारी सदस्यहरुलाई बधाई दिनु भएको थियो । साथै उहाँले जेसीजले नयाँ कुरा र बोल्न सिकाउने भएकाले नयाँ युवा शक्तिहरु जेसिजमा आवद्ध हुन समेत आह्वान गर्नुभएको छ ।
त्यस्तै कञ्चन जेसिजका पूर्व अध्यक्ष एवं नेपाल जेसीज वर्ष २०२४ का लागि राष्ट्रिय उपाध्यक्ष पदको उमेदवार राजन शर्मा पौडेलले युवाहरुको संस्थाले समाज परिवर्तनमा मुख्य भुमिका खेलेको भन्दै जेसिजले समाजिक काममा नेतृत्व लिने बताउनुभयो । कञ्चन जेसिजले विभिन्न समयमा नागरिकहरुलाई परेका समस्यामा साथ दिइरहेको समेत बताउनुभयो । साथै हरेक गतिविधिमा जेसिज सहभागि हुनुपर्ने बताउँदै हरेक ठाउँमा युवाले नेतृत्व गर्नुपर्नेमा जोड दिदै नँया नेतृत्वलाई वधाई दिदै एक वर्षे कार्यकालमा नमुना काम गर्न सुझाव दिनुभयो ।
त्यसै गरि कार्यक्रममा कञ्चन जेसीज वर्ष २०२४ का नयाँ चयन अध्यक्ष धनपती ज्ञवाली (सन्देश) ले कञ्चन जेसीज वर्ष २०२३ को कार्यसमितिले लिएका लक्ष्य तथा उद्देश्यहरु पूरा गर्नका लागि आफ्नो कार्यसमितिले यसलाई अघि बढाउने बताउनुभयो । साथै अधिवेशन पश्चात नव निर्वाचित अध्यक्ष जेसी धनपती ज्ञवालीले अब गाउ गाउमा जेसीज अभियान चलाउने बताउनु भयो ।
अधिवेशनमा अध्यक्ष पदमा २ जना, कार्यकारिणी उपाध्यक्ष पदको लागि ५ जना, उपाध्यक्ष पदको लागि ६ जना र सह कोषाध्यक्ष पदको लागि २ को उमेदवारी परेको थियो तर आफनो घरमा मिलेर बस्नु पर्छ भन्ने धारणा राख्दै अध्यक्ष पदका उम्मेदवार मोहराज शर्मा, कार्यकारिणी उपाध्यक्ष पदका उम्मेदवारहरु खेम बहादुर क्षेत्री, नारायण शर्मा र सुवास सापकोटा र सहकोषाध्यक्ष पदका उम्मेदवार दिनेश थारुले उमेदवारी फिर्ता लिनु भएको थियो । सचिव पदमा भने एकल उमेदवारी परेको थियो ।
कञ्चन जेसीज २०२३ का अध्यक्ष बुद्धि प्रसाद रेग्मीकोको अध्यक्षतामा सम्पन्न भएको कार्य्रक्रमको सञ्चालन २०२४ को लागी निर्वाचन आयुक्त जेसिजका पुर्व अध्यक्ष राजन शर्मा पौडेलले गर्नुभएको थियो । कार्यक्रममा कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुणमणि पौडेल, रिटनिङ्ग अफिसर राधिका चौधरी, Chairman Of Training School बाबुराम पौडेल तथा जेसीज प्रेमीहरुको सहभागिता रहेको थियो ।

 

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation