
कञ्चन मंसिर १३ / रुपन्देहीकोे कञ्चन गाँउपालिका वडा न –४ पुर्तिघाटमा निःशुल्क आँखा शिविर तथा निःशुल्क सुगर परिक्षण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ कञ्चन हरैया, लियो क्लब अफ कञ्चन र लायन्स क्लब अफ कञ्चन लेडिको संयुक्त आयोजना, कञ्चन गाँउपालिकाको आर्थिक सहयोग एवं लायन्स आँखा उपचार केन्द्र र लायन्स आँखा अस्पताल बुटवलको प्राबिधिक सहयोगमा सञ्चलित सो निःशुल्क आँखा शिविरमा ३०० जनाले आँखाको परिक्षण गरेका छन् भने ३०० जनाले सुगर परिक्षण गरेका छन् ।
उक्त शिविरमा ३०० जनाले आँखाको परीक्षण गराउँदा २९ जनामा मोतिया बिन्दु फेला परेको छ । मोतिया बिन्दुको समस्या देखिएका बिरामीको लायन्स आँखा अस्पताल बुटवलमा निःशुल्क रुपमा शल्यक्रिया हुने बताइएको छ । शिविरमा निःशुल्क आँखा परीक्षण तथा औषधि वितरणको व्यवस्था गरिएको थियो । शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने संस्थाका अध्यक्ष गणेश आचार्यको भनाइ छ ।
निःशूल्क आँखा जाँच शिविरले गुमेको ज्योति फर्काउन सक्ने भएकाले बेलाबेला यस्ता शिविरहरु सञ्चालन गर्ने गरेको अध्यक्ष आचार्यले बताउनुभयो । शिविरमा प्राय गरी लठ्ठी टेकेर आउने जेष्ठ नागरिक बृद्धबृद्धाहरुको संख्या अधिक रहेको थियो ।
लायन्स क्लब कञ्चन हरैया र लायन्स आँखा उपचार केन्द्रले मोतीया बिन्दुका कारण दृष्टि गुमाएकालाई निःशुल्क उपचार गर्दै उनीहरूलाई संसार हेर्न सक्ने बनाउने प्रतिबद्धता जनाएको छ ।
उक्त कार्यक्रममा कञ्चन गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, वडा न ३ र ४ का वडा अध्यक्ष, पालिका प्रवक्ता पत्रकार लगाएको उपस्थिति रहेको थियो ।
यही आउदो शनिबार मंसिर १६ गते कञ्चन ३ हरैया बजारमा निशुल्क मोतिया बिन्दुको परिक्षण तथा शल्यक्रिया र निशुल्क सुगर परिक्षण गरिने क्लबले जनाएको छ ।