
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख राजनीतिक दलहरुको सहमतिमा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको बताएपनि दलैकै नेताहरुबाट यसको विरोध भइरहेको छ । सरकार यतिबेला चौतर्फि आलोचनामा छ । टिकटक बन्द गरेको विरोधमा उत्रिएका प्रमुख दलका केहि नेताहरु आलोचित भइरहेका छन् । दलहरु आलोचित भइरहेका छन् ।
पुराना कूटनीतिज्ञले भनेका कुरालाई जस्ताको त्यस्तै राख्ने हो भने ‘टिकटकको भू-राजनीतिलाई नबुझि नेपालमा राजनीतिक दलभित्र र बाहिरका छोटे डनहरु यसको बहसमा छन् । मास लक्षित विरोधले विषयको अन्तर्य बुझेको हुँदैन । धेरै जसो लोकतान्त्रिक मुलुकमा राज्य संयन्त्रको विपक्षमा मास रहेको हुन्छ । तर, जिम्मेवारीमा बसेकाले मासलाई र उठेका विषयलाई समानान्तर रुपमा राखेर निर्णय गर्नुपर्छ । नेपालमा त्यो परिपाटी छैन् । खास यो विषय भू-राजनीतिक विषय हो ।’
अहिले नेपालमा पनि टिकटकको विषयमा यहि प्रकृतिमा पक्ष र विपक्षमा बसह भइरहेको देखिन्छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले समाजिक रुपमा असहज परिस्थिति खडा गरेको भन्दै नेपाल टिकटक बन्द गर्ने निर्णय गर्यो । सरकारको निर्णयपछि राजनीतिक रुपमा सवैभन्दा पहिले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार उल्टो बाटोमा लाग्यो भनेर विरोध जनाए । थापाको विरोधपछि एकथरीले सामाजिक सञ्जालमा थापाकै विरोध सुरु गरे ।
थापा नेपाली कांग्रेसको सभापतिभन्दा पछिको शक्तिशाली पद महामन्त्री हुन् । कांग्रेस सरकारमा छ । हुति भए सरकार छाड, हैन भने महामन्त्री पदमा बसेर टिकटकमा भएका फोहोरी क्रियाकलाप जस्तै फोहोरी राजनीति नगर भनेर एकथरीले थापाको विरोध गरेर अहिले पनि गरिरहेकै छन् । त्यसको एकदिनपछि अर्को कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि विरोध जनाए । महामन्त्री शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक रहेको बताउँदै सरकारलाई यो निर्णय अविलम्ब फिर्ता लिन माग गरे । अहिले महामन्त्रीको प्रतिक्रियालाई लिएर कांग्रेसलाई गाली गर्नेहरुको भिड ।
अरु पार्टीका यो तहका नेताहरु थोरै मात्र बोलेका छन् । तर, उनीहरु पनि आरोप विहीन छैनन् । एमाले र माओवादीका विरोध र समर्थनका शैली भने कांग्रेसका भन्दा फरक छ । एमालेमा स्थानीय स्तरमै पार्टी र नेताको विरोध हुँदा त्यसको प्रतिकार हुन्छ भने कांग्रेसमा हुँदैन । सरकार मन नपराउनेहरुले यसको विरोध गर्न स्वभाविक पनि हो । टिकटक बन्द गर्ने सरकारको निर्णयपछि समाज दुई भागमा विभाजित छ । एउटाबन्द गर्नुपर्ने र अर्को बन्द गर्न नहुने । टिकटकलाई व्यवस्थित बनाएर लानुपर्छ भन्ने जमात पनि छ तर, सानो । सरकारप्रति समाजमा नकारात्मक भावनाविकसित भएर आएकाले विरोधी पक्षहरुलाई सहज देखिन्छ ।
तिहार विदा परेकाले सरकारले टिकटक बन्द गर्ने भनी गरेको निर्णय कति कार्यान्वयन हुन्छ भन्ने कुरा अझै अनिश्चित छ । सरकारको यो निर्णयपछि नेपालनेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ । बिहीबारबाट सरकारी र निजी कार्यालयहरु खुल्दैछन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सरकारी निर्देशनको पालना गर्लान ।
सरकारले सामाजिक सञ्जालको प्रयोग नियमन गर्ने निर्देशिका र अनलाइन व्यवसायमा कडाइ गर्ने कानुन सँगसँगै जसो अघि बढाइसकेको छ । कतिपय सरोकारवालाहरूको विरोधका माझ सामाजिक सञ्जालको माध्यमबाट गरिने व्यवसायमा कडाइ गर्ने सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भइसकेको छ भने मन्त्रिपरिषद्ले पनि सामाजिक सञ्जालको प्रयोग नियमन गर्ने अर्को निर्देशिका पारित गरेको छ ।
नेपालमा सामाजिक सञ्जाल नियमनसम्बन्धी छुट्टै कानुन अस्तित्वमा नरहेका कारण यो निर्देशिकाको प्रभावकारिताबारे अहिले आशंक नै छ । मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वल्डलिङक’ लगायतका कम्पनीहरुले टिकटक बन्द गर्न भनेको बताए ।
सरकारले हिउँदै अधिवेशन आह्वान गर्ने तयारी पनि गरिरहेको छ । मंसिर पहिलो साता संसदको हिउँदे अधिवेशनल बोलाएपछि टिकटकका फाइदा र बेफाइदाबारे बहस सुरु हुनेछ । अहिले आम राजनीतिक रुपमा टिकटकलाई व्यवस्थित गर्नुपर्ने विषयमा भने बहस भएका नै छैनन् । खालि विरोधका लागि विरोध मात्र भएको देखिन्छ । सस्तो प्रचारमा गरिखाने आस गरिएको नेताहरु जुटेर आफैमा अविश्वास खडा गरिरहेका छन् ।
सवैभन्दा महत्वपूर्ण विषय भनेको सरकारले किन टिकटक बन्द गर्यो भन्ने हो । टिकटक बन्दगर्नुका पछाडी के कारण छन् भन्दा अहिलेसम्म बुझिएका कारण भनेको समाजलाई यसले विगार्ने काम गर्यो । समाजलाई उच्श्रृखल बनायो । सरकारका काम कारवाहीको विरोध भयो । दुर्गा प्रसाई जस्ता खेतिवालको कामलाई सहज बनाइदियो भन्ने नै हुन । तर, टिकटकको भूराजनीतिक अर्थ भिन्नै छ । टिकटकको भूराजनीतलाई दलका छोटे डनहरुले नबुझेकै देखियो ।
केहि पुराना कूटनीतिज्ञ भने टिकटक प्रकरणले भू-राजनीतिक मोड लिएको बताइसकेका छन् । टिकटकको उद्गम स्थल चीन भएकाले पश्चिमासंग निकट देशहरुमा अहिले यो बन्द गर्ने क्रम बढेको छ । केहि देशहरुले नियमनभित्र राखेर आम्सिक रुपपमा टिकटक चलाउन दिएका छन भने केहि देशमा पूर्ण रुपले प्रतिबन्द लगाइएको छ । अमेरिकामा टिकटक आम्सिक रुपमा चल्छ । भारतमा बन्द छ । अष्ट्रेलिया क्यानाडामा निश्चित सूचनाबाहेकका गतिविधिमा रोक लगाइएको छ ।
केहि कूटनीतित्रहरुले चीन अमेरिकका सम्बन्धलाई लिएर टिकटक बन्न हुनुमा भूराजनीतिक खेल पनि रहेको बताएका छन् । सूचनासँग सम्बन्धित विषय भएकाले यसको प्रभाव अन्तर्राष्ट्रिय रुपमा नहुने कुरा पनि भएन । शक्ति राष्ट्रहरुको होडमा दक्षिण एशियाली मुलुकहरुमा नेपाल अगाडी नै छ । अमेरिक र युरोपका अधिकांश देशहरुमा टिकटक आम्सिक रुपमा मात्र खल्ला छ । चीनले यो पूर्ण रुपमा खल्ला हुनुपर्छ भनिरहँदा पश्चिमाहरु हुँदैन भनिरहेका छन् । यसैले पनि यो भूराजनीतिसँग नजिक छ ।
नेपालको सन्दर्भमा भने टिकटकलाई कसरी चलाउने भन्ने प्राविधिक रुपमै पनि समस्या छ । नियमनका लागि संयन्त्रहरु बनिसकेका छैनन् । ऐन र कानुनहरु बन्ने तरखरमा छन् । प्रधानमन्त्रीले दलीय सहमतिका आधारमा बन्द गरिएको बताए पनि अरु दलको आधिकारीक धारण आएको छैन् । संसद बैठक सुरु भएपछि यसको एउटा निचोड आउने दलका नेताहरु बताउँछन् । तर, अहिले यसको बसह भने अस्वस्थ्य रुपमा भइरहेको छ ।