बाबरको राजीनामापछि शान मसूद टेस्ट र शाहीन अफ्रिदी ट्वान्टी २० टिमको कप्तान

 

कार्तिक ३०, २०८०

सैनामैना — बाबर आजमले सबै फर्म्याटको कप्तानबाट राजीनामा दिएपछि पाकिस्तान क्रिकेट बोर्डले नयाँ कप्तान नियुक्त गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले शान मसूदलाई टेस्ट र शाहीन शाह अफ्रिदीलाई ट्वान्टी २० टिमको कप्तान घोषणा गरेको छ ।

बाबरको राजीनामापछि शान मसूद टेस्ट र शाहीन अफ्रिदी ट्वान्टी(२० टिमको कप्तान

साथै पाकिस्तान राष्ट्रिय क्रिकेट टिमको निर्देशकमा पनि मिकी आर्थरको ठाउँमा पूर्वकप्तानसमेत रहेका मोहम्मद हफीजलाई ल्याइएको छ । ३४ वर्षीय मसूदले आगामी महिना सुरु हुने अस्ट्रेलियाविरुद्धको ३ खेलको टेस्ट शृंखलामा पाकिस्तानी टिमको नेतृत्व गर्नेछन् । त्यस्तै आगामी वर्षको सुरुवातमा हुने न्युजिल्यान्डविरुद्ध हुने ५ ट्वान्टी(२० शृंखलामा अफ्रिदीले नेतृत्व गर्ने मौका पाउनेछन् ।

 

विश्वकप(२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि बाबरले नेतृत्व छाडेका हुन् । भारतमा भइरहेको विश्वकपमा पाकिस्तानले लिग चरणका नौ खेलमध्ये पाँचमा हार बेहोरेको थियो ।

यसक्रममा टिम सेमिफाइनल प्रवेश गर्न पनि असफल रह्यो । व्यक्तिगत रूपमा ब्याटबाट उनको प्रदर्शन पनि राम्रो रहेन् । उनले नौ खेलमा ३ सय २० रन मात्रै बनाए । त्यसैले बाबरमाथि कप्तानी छाड्ने चर्को दबाब रहेको थियो । प्रतियोगिता अगाडि वान डे वरीयताको ब्याटरमा नम्बर १ रहेको बाबरले बीचमा यसलाई पनि गुमाएका थिए ।

बाबरले सबै फर्म्याटको कप्तानबाट राजीनामा दिएको उल्लेख गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘आजबाट मैले सबै ढाँचाको क्रिकेटबाट पाकिस्तानी क्रिकेट टिमको कप्तानी छाडेको छु । यो निर्णय निकै कठिन रह्यो, तर यो उपयुक्त समय पनि हो ।’

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation