हङ्कङविरुद्ध नेपालले पाँच रनमै गुमायो चार विकेट

 

पूजा आठ बलमा चार रन बनाउँदै रन आउट भएर पेभेलियन फर्किएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न ओर्लिएकी सम्झना खड्का दोस्रो विकेटका रुपमा पेभेलियन फर्किएकी थिइन् । उनी एक रन बनाउँदै आउट भएकी हुन् ।

यसैगरी तेस्रो विकेटका रुपमा काजल श्रेष्ठ आउट भएकी हुन् । उनले त खातासम्म खोल्न पाइनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी कप्तान इन्दू बर्मा पनि शून्य रनमै पेभेलियन फर्किइन् । नेपालले १।३ ओभरमा पहिलो, २।३ ओभरमा दोस्रो, २,४ ओभरमा तेस्रो र २,५ ओभरमा चौथो विकेट गुमाएको हो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation