
बुटवल, २५ कार्तिक ,
नेपाली हरु को दोस्रो ठूलो पर्व सुभ दिपावली को अबसर मा बाग्लुङ जिल्लाको दगातुन्डाडामा नाचिने सास्कृतिक सोरठी नाच रुपन्देहीमा प्रदर्शन गरिएको छ । दगातुन्डाडा रुपन्देही सम्पर्क समाजको आयोजनामा कलासंस्कृतिको प्रचारप्रसार र जगेर्ना गर्ने उदेश्यका साथ सोरठी नाच बुटवलमा शुक्रबार राती प्रदर्शन गरिएको हो ।दगातुन्डाडा रुपन्देही सम्पर्क समाज ले तिहारको अबसरमा देउसी सोरठि भैलो कार्यमा तीन दिन गर्ने भएको छ
‘बाग्लुङ बढिघाट क्षेत्रमा यो नाच धेरै देखाईन्छ ।’— समाजका सचिब एव्म कार्यक्रम संचालक इन्द्रमणी अर्यालले बताउनु भयो । पहाडबाट बसाई सराई गरेर तराई झरेका समुदायहरु समाज गठन गरि परम्परागत संस्कार, संस्कृतिलाई नया पुस्तालाई पुस्तान्तरण गर्ने गरि काम अघि बढाएको सल्लाहकार गुणानिधी तिवारीले बताउनु भयो ।

बाग्लुङबाट आउनु भएका १८ जना कलाकारहरुको नेतृत्व ८२ वर्षिय दुर्गा बहादुर भुजेलले गर्नु भएको छ।
जेष्ठ नागरिक सम्मान केन्द्र को स्थापना तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम को मुख्य उदेश्य सहित कार्यक्रम गर्न लागेको भैलो कार्यक्रम तीन दिन सम्म रुपन्देहीका विभिन्न स्थानमा चल्ने भैलो कार्यक्रमका अध्यक्ष बल बहादुर सलामी ले जानकारी दिनु भयो।
हरमोनियम, मादल बाजासंगै लयबद्घ तरिकाले सिता, राम, गोपिनीहरुको कथालाई विभिन्न तालमा नाचिन्छ । जसमा झुमरा, ठुली, मारुनि मुख्य हुन ।
पहिलो दिन बुटवल देविनगरस्थित एमाले चोकमा रहेको छ । दोस्रो दिन गजेडीबाट रानिबगियामा र तेस्रो दिन सखुवानीबाट बुटवलसम्म विभिन्न चोकहरुमा नाच देखाईने छ । संकलन भएको आर्थिक सहयोगबाट तिलोत्तमा नगरपालिकास्थित बनबाटिकामा जेष्ठ नागरिक केन्द्र तथा वृद्धाश्रम बनाउने लक्ष्य रहेको उनले बताए । बिस २०७९ मा स्थापना भएको समाजमा रुपन्देहीमा १४६ जना घरधुरी सदस्यहरु छन ।












