
सैनामैना १० झिमझिमियामा रहेको प्याराडाइज इङ्लिस स्कुलमा आज शुक्रबारका दिन देउसी भैलो तथा रङोली प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयमा रहेका ४ ओटा सदन बिच अन्तरसदनात्मक देउसि भैलो तथा रङ्गोली बनाउने प्रतियोगिता सम्पन्न भएको हो। कार्यक्रमको सुरुवातमा शुभकामना मन्तब्य राख्दै विद्यालयका प्रीन्सिपल सौगात भट्टराईले तिहारमा देउसी भैलोको महत्व बुझाउनका साथै विद्यार्थीहरुमाझ हाम्रो संस्कृति तथा परम्पराबारे जानकारी दिन र यसलाई बचाइराख्न हाम्रो भुमिका रहने भन्दै यस कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनुभयो। कार्यक्रमको औपचारिक सन्चालन विद्यालयकि शिक्षिकाद्वय मिरा रेस्मी र सावित्रा पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन शिक्षक भरत परियार र झरना सारुले गर्नुभएको थियो। कार्यक्रमको बिचमा छोटो मन्त्ब्य राख्दै विद्यालयका शिक्षक केहरसिङ थापाले सम्पूर्ण शिक्षक९शिक्षिका , कर्मचारी , व्यवस्थापन समिती, शेयर समिती ,अभिभावक एवम विद्यार्थी हरुलाई शुभदिपावलिको शुभकामना व्यक्त गर्नुभएको थियो।साथै विद्यालयकि पुर्व शिक्षिका सरिता पाण्डे भट्टराईको विशेष उपस्थितिमा सम्पुर्ण शिक्षक९शिक्षिका र विद्यार्थीहरुसङ्ग उहाको परम्परागत देउसी भैलो भट्ट्याउने र गाउने प्रस्तुति पनि रहेको थियो जसले कार्यक्रममा थप रौनक पनि थपेको विद्यालयकि एक शिक्षिका भने कार्यक्रमको विचमा विद्यार्थीहरुको मारुनी नाच लगायतका विभिन्न तिहारका देउसी भैलो नाच पनि प्रस्तुत गरिएको थियो। प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई तिहार बिदा पस्चात पुरस्कार र प्रमाण पत्र बितरण गरिने कार्यक्रम संयोजक भरत परियारले बताउनुभयो।











