श्री पशुपति माध्यमिक विद्यालयमा शिक्षक अभिबाभक संघ र विद्यालय सल्लाहकार समितिको पद्स्थापन कार्यक्रम सम्पन

सैनामैना १०

रुपन्देही को सैनामैना १० मा अबस्थित श्री पशुपति माध्यमिक विद्यालयमा शिक्षक अभिबाभक संघ र विद्यालय सल्लाहकार समितिको पद्स्थापन कार्यक्रम सम्पन भएको छ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि प्रोखेल को अध्यक्षता मा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिमा सदस्य तथा वडा नं १० का वडा अध्यक्ष कृष्ण प्रसाद घिमिरे वडा नं ९ का वडा अध्यक्ष भानुभक्त पाण्डे वडा नं। ११ का वडा अध्यक्ष राम प्रसाल भुसाल, वडन नं। १० का निवर्तमान अध्यक्ष लोक नारायण थापा वडा नं। ९ का निवर्तमान अध्यक्ष डोलराज भण्डारी शिक्षक अभिभाभक संघका निवर्तमान अध्यक्ष भिमलाल न्यूरे विद्यालय व्यवस्थापन समितीका विभिन्न पदाधिकारीहरु वडा नं। १०र ११ का जनप्रतिनिधिहरु टोल विकास संस्थाका अध्यक्ष मिडियाकर्मि लगायतको उपस्थिती रहेको थियो ।
सैनामैना नगरपालिका १० मा रहेको पशुपति माध्यमिक विद्यालयमा पछिलो समय ब्यवस्थापन समिती नयाँ गठन भए सँगै बिध्यालामा उल्लेख्य परिवर्तन भएको स्थानिय लगायत शिक्षक बिद्यार्थीहरु बताउछ ।
दल बहादुर श्रेष्ठ को अध्यक्षतामा गठन भएको शिक्षक अभिभावक संघका सम्पुर्ण सदस्य, लोकनारायण थापा को संयोजकमा निर्माण भएको सल्लाहकार समितिका सम्पूर्ण सदस्यहरुलाई पदस्थापन गर्नुका साथै अबिर र खादाले स्वागत गरिएको छ ।

कार्यक्रमका अवसरमा बोल्ने अधिकांस अथितिहरुले अहिलेको ब्यवस्थापन समितीको काम स्वागत्त योग्य भएको बताएका थिए ।

वडा नं ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेले वडा नं।९ लाई पनि यस समितिले समेट्न सकेकोमा खुसि व्यक्त गर्दै आफुले सक्दो सहयोग गर्ने प्रतिवध्यता जनाउनु भयो ।
सल्लाहकार समितिको संयोजकको रुपमा पदबाहार गर्नु भएका लोकनारायण थापाले यो कार्य समितिले सम्पुर्णको सल्लाह सुझाब अनुसार उल्लेख्य काम गदै आएको र आगामि दिनमा पनि सम्पुर्णको सल्ला सुझाब अनुसार विद्यालयलाई अगाडी बढाउने बताउनु भयो ।

वडा नं. १० र ११ का वडा अध्यक्षले यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी जनप्रतिनिधि, कार्यसमिति शिक्षक मात्र लागेर नहुने अभिभावकले पनि चासो दिनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पोख्रेलले जसरी अहिलेको समिति, शिक्षक, अभिभावक, विद्यार्थीहरुले साथ दिनुभएको छ यसै गरि सम्पुर्णको साथ रहयो भने आफ्नो कार्यकालमा सैनामैनाकै नमुना विद्यालय बनाउने प्रतिबध्यता व्यक्त गर्नु भयो साथै यहाँले अब आउने शैक्षिक सत्र बाट घरघरमा विद्यार्थी खोज्दै जानु नपर्ने र जति पनि समिति , उपसमिति लगायत विद्यालय सँग आवध्व रहनु भएको छ सम्र्पुणले आफ्ना बालबच्चालाई अन्य प्राईभेट विद्यालयमा पढाउन नपठाई पशुतिमा नै पठाउनु पर्नेमा जोड दिदै यो कुरालाई लागु गरीने बताउनु भयो ।

प्रधानाध्यापक हरि थापा को स्वगत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक दामोदर अधिकारीले गर्नुभएको थियो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation