
लुम्बिनी, कार्तिक २२ ।
भुकम्प प्रभावितका लागि लुम्बिनी विकास कोषले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाखको चेक हस्तान्तरण गरेको छ । बुधबार कोष अध्यक्ष एव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती र कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा ९खेन्पो छिमे० ले २५ लाखको चेक हस्तान्तरण गरेका हुन । कोषका तर्फबाट भुकम्प प्रभावितहरुलाई तत्काल राहातका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्रीलाई चेक रकम हस्तान्तरण गरेको उपाध्यक्ष डा। लामाले बताए । संस्कृति पर्यटन तथा नागरिक उडडन मन्त्रालय अन्तर्गत रहेका कोष सहित पशुपति क्षेत्र विकास कोष, नेपाल वायु सेवा निगम, पर्यटन बोर्डबाट प्राप्त सहयोग रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ । लुम्बिनी विकास कोषले सचिवालय बैठक मार्फत भुकम्प प्रभावितहरूलाइ राहात लागि सहयोग गर्ने निर्णय गरेको थियो ।
कोषले भूकम्पबाट मृत्यू भएकाहरुप्रती श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यू भएको गहृमन्त्रालयले जनाएको छ ।