
सुरभि खबर कपिलवस्तु // बाणगङ्गा नगरपालिका भित्र बसोबास गर्ने धेरै ले मृत्यु पछि मृतकको अन्तिम संस्कारको लागि बाणगंगा नगरपालिकाको उत्तरी भेगमा पर्ने देउराली घाटले परिचीत बाणगङ्गा नदिमा दाहासंस्कारका लागि लैजाने गर्दछन। बाणगङ्गा १ वैरियाका युवाहरूको सक्रिय सहभागिता रहेको बैरिया युवा समाजको नेतृत्वमा आज संस्थाका सम्पूर्ण पदाधिकारी ,सल्लाहकार ,सदस्य एबम यश क्षेत्रका नागरिक, मनकामना सामुदायिक बनका अध्यक्ष मुक्त बहादुर कार्की समेतको उपस्थितिमा त्यस क्षेत्रको करिब ४०० मिटर वरपर भएका झाडी सफाइ संगै नदिमा दाहासंस्कार गरि यत्रतत्र छरिएका दाउरा , ठुटा तथा अन्य फोहोर बस्तु लाई नदि कै बगर मा एकीकृत गरि जलाइएको छ।

त्यस क्षेत्र मा सरसफाइ का लागि सबैको मन सदैव एक बनाएर लाग्नु पर्ने भएकाले बिशेषत यश क्षेत्रका नागरिकलाई समेत सरसफाइमा सहयोग पुराउन संस्थाका संस्थापक अध्यक्ष बिस्णु प्रसाद घिमिरेले आग्रह गर्नुभएको छ।आगामी दिनमा घाटमा प्रवेस गर्ने खाली जग्गामा विभिन्न फलफु का बिरुवा लगाइने योजना रहेको संस्थाका उपाध्यक्ष सुरेस के सि ले जनाउनुभएको छ। त्यस स्थानमा कुनै संस्कारका लागि जांदा शुद्द पिउने पानीको ब्यबस्था नभएको बिसयमा संस्थाका संस्थापक उपाध्यक्ष तोलाराज पन्थ राजु ले चिन्ता ब्यक्त गर्दा यस क्षेत्र का सामाजिक एबम युवा ब्यबसाइ मनोज पौडेल , शंकर भाट क्षेत्रीले नेपाल किसान ट्याक्टर संघका अध्यक्ष झबिन्द्र खनाल लाई शुद्द खानेपानी को ब्यबस्थापन गर्न आग्रह गर्नुभएको छ।
सबैको आग्रह र पुण्य कर्ममा पुर्ण सहयोग पुराउने कुरामा आफू प्रतिबद्ध रहेको अध्यक्ष खनालले बताउनुभएको छ।साथै आगामी दिनमा १ नम्बर वडालाइ पुर्ण सरसफाइ वडा घोषणा गर्ने अभियानको लागि पनि वडाका सबै टोल बिकास संस्था,आमा समूह,स्वास्थ्य स्वयंसेविका,खानेपानी तथा स्वास्थ्य सेवा केन्द्र लगायत वडाका सबै संघ संस्थाको सहकार्यमा युवा समाजकै अगुवाईमा अगाडि बढने योजना बनाइएको उत्तमनगर आधारभूत स्वास्थ्य सेवा केन्द्रका ब्यबस्थापन समिति सदस्य बुद्दी सागर बेल्बासेले जानकारी गराउनुभएको छ।
सबैले सबै क्षेत्र मा यसै गरि ध्यान पुराएर लाग्ने हो भने मात्रै वातावरण सहित सबै क्षेत्र को बिकास मा स्वतस्फूर्त टेवा पुग्ने सहभागी युवाहरुको भनाइ रहेको छ।युवा समाजका अध्यक्ष महेस पन्थले आजको अभियानमा उपस्थित हुनुभएका सबैलाइ धन्यवाद प्रकट गर्नुभएको थियो। संक्षिप्त सम्बोधनको कार्यक्रम को संचालन युवा समाजका सचिब सागर घिमिरेले गर्नुभएको थियो।












