विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको सरुवा

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा भएको छ । शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको हो । उहाँको ठाउँमा प्राधिकरणका प्रमुख मनोज सिलवाललाई नियुक्त गरिएको छ ।

यसअघिको सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो । जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बनेका घिसिङले आफ्ना प्रतिद्वन्द्वी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुभएको हो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation