
इजरायलले ठूलो स्थल आक्रमण शुरू गरेपछि प्यालेस्टिनीहरू गाजा शहरबाट भागेका छन् । इजरायलले युद्धक विमानहरूमार्फत गाजामा रातभर ठूलो हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।
इजरायली सेनाले सम्पूर्ण शहर कब्जा गर्न स्थलगत कारबाही शुरू गरेको केही मिडिया रिपोर्टहरूले दाबी गरेका छन् । गाजावासीले यो आक्रमणलाई नर्कका रूपमा वर्णन गरेका खबरमा उल्लेख छ ।
इजरायली सेनाले यो शहर अहिले प्यालेस्टिनी विद्रोही समूह हमासको मुख्य गढ भएको बताएको छ ।
सोमवार जेरुसेलम भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई अमेरिकाको ‘अटल समर्थन’ को आश्वासन दिएपछि यी आक्रमणहरू भएका हुन् ।
गएको महिना इजरायली राष्ट्रपति नेतान्याहुले गाजा शहरमाथि नियन्त्रण लिने योजनाको घोषणा गर्दा अन्तर्राष्ट्रिय आलोचना भएको थियो ।
यसैबीच संयुक्त राष्ट्रसङ्घको अनुसन्धान आयोगले इजरायलले गाजामा प्यालेस्टिनीहरूविरुद्ध नरसंहार गरिरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । यद्दपि इजरायलको विदेश मन्त्रालयले राष्ट्रसङ्घीय प्रतिवेदनलाई ‘विकृत र गलत’ भन्दै अस्वीकार गरेको छ ।