
चितवन – नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो ।
सडक डिभिजन कार्यालयको मेशिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभयो ।
वर्षाको समयमा यस क्षेत्रमा ढुङ्गा खस्ने जोखिम उच्च भएको हुँदा सावधानीपूर्वक रोकेर–हेरेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।