देउवा दम्पतीमाथिकाे आक्रमण अमानवीय र बर्बरतापूर्ण : कांग्रेस

नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि अमानवीय र बर्बरतापूर्ण आक्रमण भएको बताएको छ ।

उपसभापति पूर्णबहादुर खड्काले आज विज्ञप्ति निकालेर लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा सङ्घर्ष गरेका पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीकी केन्द्रीय सदस्य आरजु राणा देउवामाथिको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवम् भर्त्सनायोग्य रहेको उल्लेख गर्नुभएको हो ।

भदौ २४ गते ‘जेन–जी’ आन्दोलनका क्रममा बूढानीलकण्ठमा घरभित्रै रहेका सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजुमाथि प्रदर्शनकारीहरूले कुटपिट गरेका थिए ।

कांग्रसले ‘जेन–जी’ आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र कुटपिटका घटनाको छानबिन गर्न माग गरेको छ । यस्तै कांग्रेसले प्रतिनिधिसभा विघटनको कार्य पूर्णरूपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको दोहोर्‍याएको छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation