
काभ्रेको बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउन्ड गोलीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बनेपा–९ कै २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुरको बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, काभ्रेको तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र काभ्रेको पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का रहेका छन् ।
काभ्रे जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहलाई गएराति पक्राउ गरेको हो ।