रुपन्देहीको कञ्चनमा मेलमिलापकर्ताका लागि ४८ घण्टे आधारभुत तालिम

१८ कार्तिक, कञ्चन

रुपन्देहीको कञ्चन गाउपालिकामा मेलमिलाप सहजकर्ताहरुका लागि ४८ घण्टे आधारभुत सहजकर्ता तालिम संचालन गरिएको छ।
गाउघरमा हुने बिभिन्न विवादहरुको समाधानका लागि विबादका पक्षहरु बीचको विवादमा मान्य सहमतीमा पुग्न निस्पक्ष र तटस्थ रुपमा तेश्रो पक्षबाट सहजकर्ताको रुपमा स्वच्छिक र गोपनियताको रुपमा प्रभावकारी सहजकर्ताको भुमिका निर्वाह गर्न गराउन उक्त तालिम संचालन गरिएको हो।

No description available.पक्षहरूबीचको विवादलाई छलफल गराई सहज वातावरण निर्माण सिर्जना गर्न तथा सो विषयमा सहमति कायम गर्नका लागि विवाद वा मुद्दाका पक्षहरूलाई उत्प्रेरित गर्ने तथा विवादित कुनै वा सबै विषयवस्तुमा मेलमिलाप गराउने उद्देश्यले सहजकर्ताको रूपमा कार्य गर्न पक्षहरूले रोजेको व्यक्ति वा संस्थाको रुपमा बिकास गराउन मेलमिलाप सहजकर्ता आधारभुत तालिम संचालन गरिएको कञ्चन गनउपनलिकाका उपाध्यक्ष मौसमी थापा मगरले बताउनु भयो।

तालिममा मेलमिलाप सहजकर्ताहरुका लागि सामुदायिक मेलमिलाप के हो ?, कस्ता प्रकारका विवादमा मेलमिलाप प्रक्रिया अपनाउन सकिन्छ ? मेलमिलापकर्ता को हुन् र कहाँ रहन्छन् ? मेलमिलापकर्ताको विवाद समाधानमा कस्तो भूमिका हुन्छ ? मेलमिलाप प्रक्रिया कसरी सञ्चालन हुन्छ ? के मेलमिलाप सुरू गरेपछि पक्षहरू सहमतिमा पुग्न बाध्य हुन्छन् ? लमिलापका लागि कति दस्तुर लाग्छ ? मेलमिलापका फाइदाहरू के के हुन् ?मेलमिलाप प्रक्रियामा कति समय लाग्छ ? जस्ता बिषहरुमा सहजिकरण गरिने सहायक महिला बिकास अधिकारी राधा भट्टराई आचार्यले जानकारी दिनु भएको छ।

No description available.कञ्चन गाउपालिकाको आयोजना तथा कानुन बिकास तथा अन्वेषण केन्द्र काठमाण्डौको प्राविधिक सहयोगमा संचालन भएको तालिममा अधिबक्ताहरु रामजी गौतम र शतिस शर्माले प्रशिक्षण दिनु भएको छ।

कञ्चन गाउपालिकाको सभाहलमा संचालित तालिममा ४२ जना सुचिकृत मेलमिलाप सहजकर्ताहरुको सहभागिता रहेको छ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation