इजरायलको जेरुसेलम बस बिसौनीमा प्यालेस्टिनी बन्दुकधारीद्वारा ६ जनाको हत्या

इजरायलको जेरुसेलम बस बिसौनीमा प्यालेस्टिनी बन्दुकधारीले ६ जनाको हत्या गरेका छन् ।

जेरुसेलमको बाहिरी इलाकामा रहेको बस बिसौनीमा दुई प्यालेस्टिनी बन्दुकधारीले गोली चलाउँदा ६ जनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै गोली लागेर अन्य ११ जना घाइते भएका छन् ।

यो घटनालाई प्रहरीले आतङ्कवादी आक्रमण भनेर वर्णन गरेको छ । यो गोलीकाण्ड विगत केही वर्षमा जेरुसेलममा भएको सबैभन्दा घातक आक्रमण हो । इजरायली विदेशमन्त्री गिडियन सारले बन्दुकधारीहरू इजरायलले कब्जा गरेको पश्चिम किनारका प्यालेस्टिनीहरू भएको बताउनुभएको खबरमा उल्लेख छ ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जेरुसेलममा भएको गोलीकाण्डको स्थलगत भ्रमण गर्नुभएको छ । आक्रमणस्थलमा बोल्दै उहाँले अहिले अधिकारीहरूले आक्रमणकारीहरू आएका गाउँहरूलाई घेरेर राखेका बताउनुभयो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation