दोस्रो गौतम बुद्ध कप २०८२: सुनगाभा सामुदायिक बिकास केन्द्रलाई हराउँदै विश्व शान्त युवा क्लब फाइनलमा

गौतम बुद्ध सामुदायिक विकास केन्द्र कञ्चन ५ पिपरी चापा रूपन्देहीको आयोजनामा सञ्चालित दोस्रो गौतम बुद्ध कप 9A साइड फुटबल प्रतियोगिताको दोस्रो फाइनलिस्ट विश्व शान्ति युवा क्लब बन्न सफल भएको छ।
आज विश्व शान्ति युवा क्लब र सुनगाभा सामुदायिक बिकास केन्द्र बीच भएको दोस्रो सेमिफाइनल खेलमा विश्व शान्ति युवा क्लब विजयी भएको हो। विश्व शान्ति युवा क्लबले १-० गोल अन्तरले सुनगाभा सामुदायिक बिकास केन्द्रलाई पराजित गरेको हो। विश्व शान्ति युवा क्लबका लागि विश्वास श्रेष्ठले एक गोल गरेका थिए।
उक्त खेलमा सुनगाभा सामुदायिक बिकास केन्द्रका लागि दर्जनभन्दा बढी सुनौलो गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा विश्व शान्ति युवा क्लबका विश्वास श्रेष्ठले गरेको एक गोल नै विश्व शान्ति युवा क्लबका लागि फाइनल प्रतिस्पर्धाको यात्रा तय गर्ने अवसर प्राप्त भएको हो।
यस्तै हरितालिका तीजको सन्दर्भ पारेर सञ्चालन गरिएको प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद ५ हजार रुपैयाँ सहित मेडल प्रदान गरिने र विधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुका लागि पनि आकर्षक पुरस्कार रहेको खेल संयोजक उनले जानकारी दिनुभएको छ।
पिपरी चापा खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा विश्व शान्ति युवा क्लब र रेन्बो एकेडेमी बिच फाइनल खेल पर्सि भदौ १० गते हरितालिका तीजका दिन हुनेछ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation