
रुपन्देहीको कञ्चनमा जारी 9A साइड फुटबल प्रतियोगिता अन्तर्गत छैटौँ दिनमा सञ्चालन भएको क्वाटर फाइनल खेलमा दुई खेल सम्पन्न भएको छ। हिजो भएको क्वाटर फाइनल खेलमा योङ्ग बोइज र बिश्व शान्ति युवा क्लब सेमिफाइनल खेलमा प्रवेश गरेका छन।
हिजो योङ्ग बाइज र न्यु सिर्जना युवा क्लब बीच भएको तेस्रो क्वाटर फाइनल खेलमा विजय भएको छ। योङ्ग ब्वाइसले न्यु सिर्जनालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । योङ्ग ब्वाइजका लागि मन्नु कुमाल, निखिल पुन र मनिस तामाङले १-१ गोल गरेका थिए भने न्यु सिर्जना युवा क्लबका लागि दिनेश गुरुङले २ गोल गरेका थिए। तेस्रो क्वाटर फाइनल खेलमा म्यान अफ द म्याच निखिल पुन भएका छन।

यसैगरी विश्व शान्ति युवा क्लब र गौतम बुद्ध सामुदायिक बिकास केन्द्र बिच भएको चौथो क्वाटर फाइनलमा विश्व शान्ति युवा क्लब विजय भएको छ। विश्व शान्तिले गौतमबुद्ध युवा क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो। विश्व शान्तिका लागि आकाश रानाले दुई गोल गरेका थिए भने भने विश्व शान्तिका आकाश राना म्यान अफ द म्याच भएका थिए।

गौतम बुद्ध सामुदायिक विकास केन्द्र कञ्चन ५ पिपरी चापाको आयोजनामा सञ्चालित दोस्रो गौतम बुद्ध कप ९ A साइड फुटबल प्रतियोगिताको विजेता टिमले १,११,१११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेता टिमले ६६,६६६ रुपैया सहित कप मेडल र प्रमाणपत्र पाउने खेल संयोजक पुनले जानकारी दिनुभएको छ।

यस्तै हरितालिका तीजको सन्दर्भ पारेर सञ्चालन गरिएको प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद ५ हजार रुपैयाँ सहित मेडल प्रधान गरिने विधिगत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुका लागि पनि आकर्षण पुरस्कार रहेको संयोजक पुनले जानकारी दिनुभएको छ। आजको सेमिफाइनल खेल योङ्ग बोइज र रेन्बो एकेडेमी बिच हुनेछ ।