गौतम बुद्ध कप अन्तर्गत क्वाटर फाइनल खेल सुरु

रुपन्देहीको कञ्चनमा जारी दोस्रो गौतम बुद्ध कप नाइन ए साइड फुटबल प्रतियोगिता २०८२ अन्तर्गत पहिलो क्वाटर फाइनलको खेलमा न्यु सिजनशील युवा क्लब र रेनबो एकेडेमी तथा सुनगाभा सामुदायिक विकास केन्द्र र भैँसाही युवा क्लब बीच भएको छ। May be an image of 1 person, playing American football, playing football and text
गौतम बुद्ध सामुदायिक विकास केन्द्र कञ्चन ५ पिपरिचापा रूपन्देहीको आयोजनामा सञ्चालन भएको आजको छैटौ दिनमा न्यु सिजनशील युवा क्लब र रेनबो एकेडेमी तथा सुनगाभा सामुदायिक विकास केन्द्र र भैँसाही युवा क्लब बीच प्रतिस्पर्धा भएको थियो। न्यु सिजनशील युवा क्लब र रेनबो एकेडेमी भएको पहिलो खेल अन्तर्गतमा रेनबो एकेडेमी विजयी भएको छ। रेनबो एकेडेमीले न्यु सिजनशील युवा क्लबलाई ३- ० गोल अन्तर्गतले पराजित गरेसँगै रेनबो एकेडेमी सेमी फाइनलमा प्रवेश गर्न सफल भएको हो।
हिजो भएको खेलमा रेनबो एकेडेमीका लागि सन्दिप चौधरी,मिलन आले र सुरज थारुले १-१ गोल गरेका थिए भने खेलमारेनबो एकेडेमीका सन्दिप चौधरी म्यान अफ द म्याच घोषित भएको गौतम बुद्ध सामुदायिक विकास केन्द्रका खेल संयोजक रोशन पुनले जानकारी दिनुभएको छ।
May be an image of 1 person, playing football, playing American football and grass
त्यस्तै दोस्रो खेलमा सुनगाभा सामुदायिक विकास केन्द्र र भैँसाही युवा क्लब बीच प्रतिस्पर्धा भएको थियो। सुनगाभा सामुदायिक विकास केन्द्रले भैँसाही युवा क्लबलाई ३- १ गोल अन्तर्गतले पराजित गरेसँगै सुनगाभा सामुदायिक विकास केन्द्र सेमी फाइनलमा प्रवेश गर्न सफल भएको हो।हिजो भएको खेलमा सुनगाभा सामुदायिक विकास केन्द्रका अजित गुरुङले २ र कमल भट्टराईले १ गोल गरेका थिए भने भैँसाही युवा क्लबका सञ्जु सेनले १ गोल गरेका थिए। भैंसाही युवा क्लब बिरुद्ध २ गोल र उत्कृष्ट प्रदशन गर्दै खेलको म्यान अफ दि म्याच भएका छन।
May be an image of 7 people, people playing American football, people playing football and textहरितालिका तीजको सन्दर्भ पारेर सञ्चालन गरिएको प्रतियोगितामा विजेता तिमीले १,११,१११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेता टिमले ६६ हजार ६६६ रुपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने खेल संयोजक उनले जानकारी दिनुभएको छ।
May be an image of 5 people, people playing American football, people playing football and textयस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेलप्रदान गर्ने खेलाडीहरूलाई नगद ५००० सहित मेडल प्रमाण गरिने विधागत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूका लागि पनि आकर्षक पुरस्कार रहेको खेल संयोजक उनले जानकारी दिनुभएको छ।
प्रतियोगितामा न्यु सिजनशील एफसी कञ्चन ४ रुपन्देही, न्यु बुद्ध स्पोर्ट्स क्लब बालगंगा नगरपालिका ११, रेम्बो एकेडेमी कञ्चन ३ हरैया रुपन्देही, मुर्गिया फुटबल क्लब सैनामैना ४ रुपन्देही, बुद्ध सेभेन स्टार क्लब सैनामैना ११ रूपन्देही, न्यु सिर्जना युवा क्लब तिलोतमा १३ रुपन्देही, सुनगाभा सामुदायिक विकास केन्द्र कन्चन ४ रूपन्देही, इभोलुसन युवा क्लब तामनगर रूपन्देही, भैसाही युवा क्लब कञ्चन ५ रुपन्देही, एम बी ब्रदर्स फर्साटिकर रूपन्देही, करङ्गे एफसी कञ्चन रुपन्देही, गौतमबुद्ध सामुदायिक विकास केन्द्र कञ्चन ५ रुपन्देही, सुनौलो संगम युवा क्लब कञ्चन ३ रूपन्देही, विश्व शान्ति युवा क्लब सैना महिना १० सालझण्डी गरी १६ फुटबल क्लबहरूले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्। कञ्चन ५ पिपरीचापा खेलमैदानमा हरेक दिन दिउँसो १ बजेदेखि सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत आजदेखि क्वाटर फाइनलका खेलहरु सुरु हुने जानकारी दिनु भएको छ।May be an image of 1 person, playing American football, playing football, frisbee, grass and text
प्रतियोगिताको अन्तिम फाइनल खेल भदौ १० गते हरितालिका तीजका दिन हुने केन्द्रका अध्यक्ष कमल परियाले जानकारी दिनुभएको छ।
आज दोस्रो क्वाटर फाइनल खेल अन्तर्गत विश्व शान्ति युवा क्लब र गौतमबुद्ध सामुदायिक विकास केन्द्र तथा योङ्ग बोइज र न्यु सिर्जना युवा क्लब बीच हुने खेल आयोजकले जनाएको छ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation