रुपन्देहीको कञ्चनमा सिकाई प्रवद्र्धन परियोजना अन्र्तगत प्रधानाध्यापकहरुको नेतृत्व तथा क्षमता विकास तालिम शुरु

कञ्चन २०८० कार्तिक १६
रुपन्देहीको कञ्चन गाउँपालिकाको हरैया स्थित श्री हरैया माध्यमिक बिधालमा ५ दिने प्रधानध्यापकहरूको नेतृत्व तथा क्षमता विकास तालिम कार्तिक १६ गते बिहिबार हरैयामा उद्वघाटन भएको छ ।
५ दिने प्रधानाध्यापकहरुको नेतृत्व तथा क्षमता विकास तालिम कञ्चन गाँउपालिकाको समन्वय र करुणा डचल्याड, एडवान, रिड नेपालको सहयोगमा अयोजना गरिएको हो ।
कार्यक्रम रिड नेपालका ताप्लेजुङ्ग जिल्ला प्रबन्धक राजेन्द्र प्रसाद पन्तको अध्यक्षता, कञ्चन गाँउपालिका अध्यक्ष नवराज ढकालको प्रमुख अतिथ्यतामा पालिका भित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानध्यापकहरु सहभागितामा गरिएको आयोजक स्रोतले जनाएको छ ।
कार्यक्रमका अध्यक्ष तथा प्रशिक्षक राजेन्द्र प्रसाद पन्तले कार्यक्रमको उद्देश्य कञ्चनको शिक्षामा सुधार गर्ने, प्रधानाध्यापकहरुको क्षमता विकास गर्ने, शिक्षामा सुदृढीकरण गर्ने, शिक्षामा क्रान्ति परिवर्तन ल्याउने र नयाँ नयाँ प्राविधि र सिपको प्रयोग गर्ने सहज र सरल तरिकाले शिक्षा कार्यलाई अगाडि बढाउने जानकारी गराउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि कञ्चन गाँउपालिका अध्यक्ष नवराज ढकालले शिक्षा हाम्रो पहिलो प्राथमिकता हो । हामीले शिक्षामा ठूलो परिवर्तन ल्याउनुपर्छ । हामीले पालिकाको शिक्षामा ठूलो परिवर्तन ल्याइ कञ्चनको शिक्षण सुधार गर्ने पहल गर्ने छाँै र शिक्षाको विषयमा हामी सबै सहकार्य गरी अगाडि बढने छौँ । शिक्षा मानिसको लागि अपरिहार्य कुरा हो, शिक्षा विना मानिसको कुनै अस्तित्व हुदैन् । त्यसैले शिक्षाले समाज र राष्ट्रको विकासमा महत्वपूर्ण टेवा पु¥याएको बताउनुभयो । त्यसैले शिक्षा क्षेत्रमा आबद्ध सबै स्रोतले आआफनै ठाउँवाट विद्यार्थी, अभिभावक, समाजको आवश्यकतालाई ध्याानमा राखि कार्य गर्नुपर्ने जोड दिनुभयो ।
त्यस्तै प्रमुख ढकालले अहिलेको समयमा शिक्षा धेरै महत्वपूर्ण विषय बनेको बताउनु भयो । शिक्षा क्षेत्रको विकास र समृद्धि भयो भने मात्र अरु क्षेत्रको विकास र समृद्धि सोच्न सकिन्छ । कुनै पनि कार्य गर्दा मानिसलाई ज्ञानको आवश्यकता पर्दछ । ज्ञान विनाको मानिस अहिलेको समयमा धेरै नै पछाडि परेको बताउनुभयो । प्रधानाध्यापकहरुलाई ५ दिने नेतृत्व विकास तालिम दिएपछि शिक्षा क्षेत्रमा केही सुधारको अपेक्षा गर्दै आगामि दिनहरुमा प्रधानाध्यापक, शिक्षक, र विद्यार्थीका विभिन्न किसिमका तालिमहरु संचालन गर्ने प्रतिबद्धता जनाएका थिए । विभिन्न समस्याले गर्दा समाजमा रहेका सबै बालबालिकालाई विद्यालयको पहुचमा पु¥याउन स्थानीय तह रिड नेपाल संस्थासंग सहकार्य गदै दिनपर्ने सबै सेवाहरु प्रवाह गर्ने पालिका अध्यक्ष ढकालले बताउनुभयो । कार्यक्रममा प्रशिक्षकको रुपमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका निर्देशक डा. गणेशप्रसाद भट्टराई, सिकाई प्रवद्र्धन परियोजना प्रबन्धक कपिल पुरी, राजेन्द्र प्रसाद पन्तले लगाएतले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा हरैया माध्यमिक बिधालयका प्रधानाध्यापक मेघनाथ शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन भने मीन प्रसाद रिजालले गर्नुभएको थियो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation