श्री दुर्गा भगवती मन्दिरमा महाशिवरात्रीको पावन अवसरमा १० गतेदेखि १४ गते सम्म गणेश पुराण कथा प्रवचन आयोजना गर्ने

 

बाणगङ्गा,  फागुन ७ // वाणगंगा नगरपालिका १ बैरियामा रहेको श्री दुर्गा भगवती मन्दिरमा महाशिवरात्रीको पावन अवसरमा फाल्गुण १० गते देखि १४ गते सम्म गणेश पुराण कथा प्रवचन, अखण्ड हरिनाम, संर्कीतन, एकादशी कथा प्रवचन गर्ने भएको छ ।

मन्दिर व्यवस्थापका लागि आर्थिक सहयोगार्थ १० गते फागुन १४ गतेसम्म हुने भएको हो ।
महायज्ञमा अन्तर्राष्ट्रिय स्तरका प्रखर कथा ब्यास आचार्य विष्णु ज्ञवालीले कथाबाचन गर्ने कार्यक्रम छ ।

मन्दिरले आज बुधबार बिहान बिभिन्न समावसेवी, युवा, व्यवसायी एवम् बैरिया युवा समाज संग छलफल गरी काम कार्यको जिममेवारी प्रदान गरीएको छ ।

श्री दुर्गा भगवती मन्दिरको आयोजना र बैरिया युवा समाजको सह आयोजनामा हुन लागेको कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नाका लागी सम्पुर्ण वाणगंगा बासिलाई अनुरोध समेत गर्नु भएको छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation