बाणगङ्गामा बेवारिसे शव फेला

बाणगङ्गा माघ १७ ।। कपिलवस्तुको बाणगङ्गामा एक बेवारिसे शव फेला परेको छ । आज बिहिवार बाणगङ्गा १ बैरिया स्थित बुद्धचोकको प्रतिक्षालयमा अन्दाजी ४०/४५ वर्ष उमेरको पुरुषको शव फेला परेको हो ।

पहिचान नखुलेको उक्त पुरुष तराई मधेस मुलको जस्तो देखिने इलाका प्रहरी कार्यालय पिपराले बताएको छ ।
बिहिवार बिहान करिब ७ : ४५ तिर प्रतिक्षालयमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation