विनायक बचत तथा ऋण सहकारी सस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु, पुष  २६ ।।  विनायक बचत तथा ऋण सहकारी सस्थाको ११ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।सभा लाई  सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले सहकारी राज्यको एक दरिलो खम्बा  रहेको बताउनुभएको छ । उहाँले अर्थतन्त्रको मेरुदण्डको रुपमा सहकारीलाई लिइएको भन्दै स्थानीय सरकारले सहकारीको संमक्षण, प्रवद्र्धनमा ध्यान दिएको उल्लेख गर्नुभयो । बाणगंगामा अहिले कुनैपनि सहकारी संकटमा नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा विनायक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम प्रसाद गैरेले वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीलाई यहाँ सम्म पुर्याउन अहोरात्र खट्ने सम्पुर्णलाई धन्यवाद दिनुभयो । उहाँले आगामी वर्षमा नारी बचत समेत गर्ने योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका सचिव खिमानन्द पौडेल कोपिलले प्रगती प्रतिवेदन, कोषाध्यक्ष विष्णु प्रसाद न्यापानेले आर्थिक प्रगति प्रतिवेदन, ऋण उप समिति संयोजक राजेन्द्र अर्यालले ऋण प्रतिवेदन, लेखा संयोजक भुवनेश्वर न्यौपानेले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट विद्यार्थी लगायतलाई सम्मान समेत गरिएको थियो ।
यसैबिच साधारणसभाले संस्थाको नेतृत्व सहित केहि पदाधिकारी परिवर्तन गरेको छ । जस अनुसार अध्यक्षमा बिष्णु प्रसाद न्यौपाने, उपाध्यक्ष बेदराज नेपाली, उमा खनाल भुसाल, सचीवमा मोहन प्रसाद अधिकारी, कोषाध्यक्षमा राजेन्द्र अर्याल, सह–सचिवमा शुसिला पोख्रेल चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा पिताम्बर न्यौपाने, बुद्धि सागर बेल्बासे, दयाराम भुसाल, गणेश कुमार न्यौपाने, भुवनेश्वोर न्यौपाने, हुम बहादुर बेल्बासे, रामलाल खनाल रहनुभएको छ । त्यस्तै लेखा समिती संयोजकमा नेत्र प्रसाद पौडेल सदस्यहरुमा हुमनाथ न्यौपाने र कृष्ण प्रसाद भट्टराई चयन हुनुभएको छ ।
कार्यक्रममा नगर सहकारी शाखा प्रमुख सञ्जुदेवी आचार्य, लुम्बिनी प्रदेश सहकारी संघका लेखा समिति संयोजक तेज प्रसाद आचार्य, स्वाभिमान बचत तथा ऋण सहकारीका अध्यक्ष्य घनश्याम घिमिरे, लाली गुराँस बचतका अध्यक्ष शालिकराम भिसाल, शान्तिदिप कृषि सहकारीका अध्यक्ष्य चन्द्र बहादुर रेस्मी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष राम प्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रम सस्थाका उपाध्यक्ष मुत्तिराम कडेलको स्वागत तथा सचिव खिमानन्द पौडेल (कोपिल) को सञ्चालनमा सम्पन्न भएको थियो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation