दुम्कीबासमा पुल भाँचिएपछि वैकल्पिक सडकका रूपमा होङ्सी मार्ग प्रयोग

नवलपरासी पूर्व  पुष  २६  ।।  पूर्व-पश्चिम राजमार्गअन्तर्गत दुम्कीबासमा पुल भाँचिएर सडक अवरुद्ध भएपछि डाइभर्सन निर्माण गर्न थालिएको छ । शुक्रबार साँझ साढे ५ बजे अत्यधिक भारसहितको ट्रकका कारण पुल भाँचिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात ठप्प भएको हो ।
नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले वैकल्पिक बाटो बनाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताए । ‘केही समय लाग्छ, हामी विकल्प खोज्दैछौं,’ उनले भने ।
डाइभर्सन बनाउन कम्तीमा शनिबार दिउँसोसम्म लाग्न सक्ने पोखरेलले बताए । सडक डिभिजनको टोली फिल्डमा खटिसकेको उनले बताए ।


दुम्कीबासमा पुल भाँचिएपछि वैकल्पिक सडकका रूपमा होङ्सी मार्ग प्रयोग गर्न सकिने भएको छ । दुम्कीबासबाट होङ्सी मार्ग हुँदै करिब १२ किलोमिटरको यात्रा गरेपछि पूर्व-पश्चिम राजमार्गमा निस्कन सकिन्छ । पुलपारिबाट उत्तरतर्फ गएर होङ्सी मार्ग हुँदै निस्कँदा पुलको करिब डेढ किलोमिटर पूर्व निस्किन्छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation