झिमरुकमा जिप दुर्घटना  १४ घाइते, एकको अवस्था गम्भीर

प्युठान, कात्तिक ९ । बुटवलबाट अर्खा जाने जिप झिमरुक(६ अर्गेलिमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ ।

बुटवलबाट प्युठानको अर्खा जाँदै गरेको लु २ ख ६३२२ जिप झिमरूक(६ अर्गेलीमा दुर्घटना भएको हो ।

गौमुखि पाँच निवासि आठ वर्षीय सरोज केसि, गौमुखि ३२ वर्षीय सुनिता केसि, गौमुखि ४२ वर्षीय खिमा मल्ल, गौमुखिका ३७ वर्षीय सन्तलाल गरुङ , गौमुखि ५५ वर्षीय रेमलाल थापा, गौमुखि ५० वर्षीय मोति पुन, झिमरुक ८ कि ३२ वर्षीय साबित्रा बस्नेत, झिमरुक पाँचका ६० वर्षीय कुम्भ जिसी, धनकुमारी जिसि, मदानेका ३८ वर्षीय सालिकराम कुंवर रहेका छन् । वर्ष ५७ का धनकुमारीको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यस्तै, थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation