
दानापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दोस्रो वार्षिक साधारण सभा २०८१ साल असोज १८ गते शुक्रवार दानापुर खानेपानी प्राङ्गणमा सम्पन्न भएको छ।
कार्यक्रमको सभापति संस्थाका अध्यक्ष नेत्रबहादुर शिरिस ले गर्नुभएको थियो।भने प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री
भुमिस्वर ढकालले गर्नु भएको थियो । भने बिशिष्ट अतिथि खानेपानी डिभिजन कार्यलयका प्रमुख एस कुमार चौधरीले गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सदस्य ममता श्रीसले व्यक्त गर्नुभएको थियो। संस्थाका अध्यक्ष नेत्रबहादुर शिरिसले प्रगती प्रतीबेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव बालचन्द्र घर्तीले संस्थाको वार्षिक गतिविधिहरूको प्रगति र आगामी योजनाबारे विस्तृत प्रगति रिपोर्ट प्रस्तुत गर्नुभएको थियो।
मन्त्री भुमिस्वर ढकाल ले आफ्नो सम्बोधनमा लुम्बिनी प्रदेशमा खानेपानी र सरसफाइका क्षेत्रमा गरिएको विकास कार्यको प्रशंसा गर्नुभयो र सरकारको सहयोगसँगै संस्थाका सबै सदस्यहरूको सक्रिय सहभागितामा पानीको स्रोत र सरसफाइमा अझ प्रभावकारी काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले ग्रामीण क्षेत्रका सबै उपभोक्ताहरूलाई नियमित पानीको आपूर्ति र सरसफाइ सेवामा प्रगति ल्याउन प्रदेश सरकार सधैं समर्पित रहेको समेत बताउनु भयो ।
खानेपानी डिभिजन कार्यालयका प्रमुख एस कुमार चौधरी ले संस्थाको गतिविधिहरूलाई सरकारले थप सहयोग र समन्वय गर्ने वचन दिनुभयो। उहाँले संस्थाले स्थानिय र समुदायस्तरमा गरेको सरसफाइ अभियानलाई थप सशक्त र व्यवस्थित बनाउन सरकारसँग मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा वडा अध्यक्ष हरि नारायण चौधरी ले कञ्चन गाउँपालिकामा पानी र सरसफाइको क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी दिनुभयो र स्थानीय सरकारको तर्फबाट संस्थासँग निरन्तर सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्नुभयोभने अन्य संघ संस्थाका प्रतिनिधिहरुले समेत आआफ्नो राय व्यक्त गर्नु भयो
कार्यक्रमको सफलतामा संस्था सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको र यस साधारण सभाले आगामी वर्षहरूको योजनामा नयाँ दिशा दिने विश्वास व्यक्त गरिएको छ । कार्यक्रमको सँचालन समितीका सचिब बालचन्द्र घर्तीले गर्नुभएको थियो ।