कपिलवस्तु फोटोग्राफर संघको १२औं वार्षिक साधारण सभा सम्पन्न

बुद्धभुमि नगरपालिका, गोरुसिङ्गे ,कपिलवस्तु, असोज ११ । कपिलवस्तु फोटोग्राफर संघ कपिलवस्तुले शुक्रबार गोरुसिङ्गे संगम होटलमा १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

साधारण सभाले लिल्लाभरी छरीएर रहनु भएका फोटो व्यवसायी हरुको हक हित र अधिकारमा काम गर्नुका साथै व्यावसायीलाई एकरुप्ता गर्ने उदेश्यले फोटो व्यवसायीहरुकै प्रवर्धनका लागि सहकारी संचालन गर्ने प्रस्ताप पेश गरी पारीत समेत गरेको छ।

संघका अध्यक्ष रामचन्द्र बेलबासेको अध्यक्षता, बुद्धभुमि नगर पालिकाका प्रवक्ता तेज बहादुर बस्नेतको प्रमुख अतिथि, बुद्धभुमि उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल भुसालको विशिष्ट आतिथ्यतामा भइको कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलबस्तुका सचिब धुव्र भुसाल लगायत विभिन्न संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा कार्यत्ररम सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्षताको प्रतिबेदन संघका अध्यक्ष रामचन्द्र बेल्बासेले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिबेदनमा यो बर्षमा संघले गरेको प्रगति र आगामि दिनमा गर्ने कार्यक्रमहरुको योजना समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा यो बर्षमा के कस्ता काम भए के कति आम्दानी खर्च लगायतका बिषयमा सचिब र कोषध्यक्षले आ आफ्नो प्रगति प्रतिबेदन प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो साथै लेखा समितिले समेत आफ्नो प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रको अवसरमा बोल्दै प्रमुख अतिथि बस्नेतले फोटो व्यवसाय एक महत्तपुर्ण पेशा रहेको जसमा मानिस जन्मनुभन्दा पहिले देखि मानिसको मृत्यु भैसकेपछि पनि फोटो महत्वपुर्ण रहने भएकाले यो पेसा व्यवसायी गर्ने साथिहरुलाई सम्मान प्रकट गर्नभएको थियो । सो अवसरमा बोल्दै बस्नेतले यदि संघले जिल्लामा बुद्धभुमि नगर पालिकाकालाई केन्द्र मानेर यस गोरुसिङ्गे क्षेत्रमा जग्गा खरिद गरेमा भवनको लागि आफुले पहल गर्ने प्रतिबध्वता समेत व्यक्त गर्नु भएको थियो । तेस्तै बुद्धभुमि उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल भुसालले फोटो ग्राफर भनेको एक महत्वपुर्ण पेशा हो ।

कुनै पनि ठाउँ विषय वस्तुको जगेर्ना गर्नु परेमा, दुख सुख हरेक ठाउँमा फोटोको आवश्यक पर्ने भएकाले फोटो व्यवसाय गर्ने साथिहरुलाई आफ्नो पेषामा टिकाई राख्न बुद्धभुमि उद्योग वाणिज्य संघको तर्फबाट आफुले के कस्ता प्रयास गर्नुपर्नेहो आफु तयार रहेको बताउनु भयो । कार्यक्रमामा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलबस्तुका सचिब धुव्र भुसाल, कपिलबस्तु फोटो ग्राफर महिला उपसमिति संयोजक मञ्जु पौडेल लगायतले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने संघका प्रेस सल्लाहकार भक्तिराम घिमिरेले शुभकामना मन्तव्यकै क्रमामा गित प्रस्तुत गरि मनोरन्ज समेत गराउनु भएको यियो । संघले यो आर्थिक वर्षभित्र गरेका विभिन्न कार्यक्रमका संयोजन, सदस्य लगायत सक्रिय एवम् संघ प्रतिको लगाबको उच्च मूल्याङ्कन गरि पुरुष तर्फ बाट बिसाल बेल्बासे र महिलाको तर्फबाट दोमन्ता बस्नेत लाई सम्मान गरिएको थियो । कार्यक्रमको स्वागत मन्यव्य संघका उपाध्यक्ष प्रकाश चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन संघका सचिब कर्ण तिवारी कुमारले गर्नुभएको थियो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation