सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिने नि:शुल्क आँखा शिविर आयोजना गर्दै

बिबेक घर्ती मगर/ सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका ४ सिद्धिपुरको आर्थिक सहयोग तथा ओम लुम्बिनी भिजन आँखा उपचार केन्द्र बाणगंगा नगरपालिका १ जितपुरको प्राबिधिक सहयोगमा एक दिने नि:शुल्क आँखा शिविर हुने भएको छ।

शिविरमा बरिस्ट दृष्टि बिशेषज्ञ डाक्टर अभिषेक पाण्डेद्वारा उपचार तथा परामर्श दिनुहुनेछ भने दृष्टि जाच, मोतिविन्धु पहिचान,आँखाका सामान्य समस्या सम्बन्धीसम्पूर्ण जाच रहेको हुदा आँखा सम्बन्धी बिरामीहरुले लाभ लिन सक्नु हुनेछ।

उक्त शिविरमा चेकजाच भएका बिरामीहरुले रिपोर्टको कागजात लिएर ओम लुम्बिनी भिजन आँखा उपचार केन्द्रमा गएमा विशेष छुट समेत प्राप्त गर्नेछन । शिविर पुसको ५ गते शनिबार सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका ४ सिद्धिपुरको सभाहलमा हुने भनिएको छ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation