
रूपन्देहीको कञ्चनमा महिला उद्यमीहरूद्वारा सञ्चालित कञ्चन महिला उद्यमी कृषि सहकारी संस्था लिमिटेड कञ्चन ५ रुपन्देहीको ५ औँ वार्षिक साधारण सभा हिजो शनिबार सम्पन्न भएको छ।

साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई सहकारी शिक्षा सम्बन्धी जानकारी दिँदै जिल्ला सहकारी संघ रूपन्देहीका महासचिव दामोदर पंगिनीले सहकारीमा सेयर सदस्यहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। सहकारीमा सेयर सदस्यहरूको भूमिका जति सक्रियता बढ्छ उति नै सहकारीको गुणस्तरीयता र पारदर्शितामा वृद्धि हुने उल्लेख गर्दै महासचिव पंगेनीले सहकारीले आजको नभई भोलिको जीवन सुनिश्चितता गर्ने बताउनुभयो।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेलले सहकारीमा आबद्ध हरेक सेयर सदस्यहरुले सहकारीमा नियमित बचत र लिएको कर्जालाई गर्न सके स्वरोजगार र आत्मनिर्भर बन्नमा सहयोग पुर्याउने बताउनुभयो।
बुद्धदेव इङ्ग्लिस बोर्डिङ स्कुल कञ्चन ५ रूपन्देहीको सभाहलमा सम्पन्न सभामा संस्थाका अध्यक्ष इमा बेलबासेले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिबेक्षण समितिका संयोजक दिलादेवी सापकोटा अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सङ्घर्षशील कृषि सहकारी संस्थाका अध्यक्ष मदन पौडेलले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष उमा ढकाल गौतमले स्वागत गर्नुभएको थियो भने सुशिला सुनाल लगायतको समूहले स्वागत गीत प्रस्तुत गरेका थिए। संस्थाका सचिव मञ्जु उपाध्यायले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने उक्त कार्यक्रममा नाटकीय सम्बाद, नृत्य प्रस्तुत गरिएको थियो र SEE मा उत्कृस्ट नतिजा ल्याउन सफल शेयर सदस्यका छोराछोरीहरुलाई साथै प्रतेक क्षेत्रमा उत्कृष्ट सेयर सदस्यहरुलाइ मायाको चिनो र प्रमाणपत्रले सम्मान गरिएको थियो।