
जन उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुद्रपुर सेवा केन्द्रको २० औँ वार्षिक साधारण सभा हिजो शनिबार सम्पन्न भएको छ। रुद्रपुर पिसल्यान्ड भू पू सैनिक पब्लिक इङ्लिस स्कुल, कञ्चन ४ सुनगाभाचोकमा उक्त साधारण सभा सम्पन्न भएको हो।


कार्यक्रममा भूमि समस्या सावधान आयोग रूपन्देहीका जिल्ला सदस्य रामबहादुर थापा, रुद्रपुर पिसल्याण्ड भू.पू सैनिक स्कुल सञ्चालक समितिका अध्यक्ष रुमबहादुर फौजा, जनउत्थान साकोस रुद्रपुर सेवा केन्द्र व्यवस्थापक उपसमितिका पूर्व सदस्य लोकमाया थापा, शेयर सदस्य श्रीमती ज्ञानु बेलबासे लगायतले संस्थाले प्राप्त गरेको सार्वजनिक प्रशंसा, उपलब्धि र प्रगतिको चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।

संस्थाका सञ्चालक सदस्य एवं रुद्रपुर सेवा केन्द्रका संयोजक भैरव बहादुर थापाको अध्यक्षतामा सम्पन्न सभामा रुद्रपुर सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य धनसिंह रानाको सञ्चालन तथा उपसमिति सदस्य ओमप्रसाद गुरुङले स्वागत गर्नुभएको थियो।९३४४ सदस्यले मोबाइल एप प्रयोग गर्दै आइरहेको जनउत्थानले २०८२ असार महिनासम्म २२ करोड ६४ लाख भन्दा बढी कारोबार गरेको छ।

कार्यक्रममा रुद्रपुर सेवा केन्द्रका थमबहादुर सिंजालीले संस्थाको वार्षिक तथा आर्थिक प्रगतिबारे जानकारी गराउनु भएको थियो भने सहकारीद्वारा प्रायोजन गरेको भाग्यशाली चिट्टाबाट पाँचजना भाग्यशाली सेयर सदस्यहरूलाई विद्युतीय इन्डक्सन चुला उपहार प्रदान गरिएको थियो।सभाले सभाबाट तयार गरिएको निर्णयहरूको निर्णय प्रमाणितकरणका लागि सभामा उपस्थित सेयर सदस्यहरू मध्यबाट गोलाप्रथा प्राणीबाट शिवलाल घिमिरे ज्ञानु बेलबासी र लिलबहादुर दलामीलाई निर्णय प्रमाणिकरण प्रतिनिधि छनोट गरेको छ।

असार मसन्तसम्म यसको गजेडी कोषमा ३८ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने शेयरपुजी २८ करोड ४३ लाख रुपैयाँ रहेको रुद्रपुर सेवा केन्द्रका व्यवस्थापक कृष्ण पुनले जानकारी दिनुभएको छ। रूपन्देहीको तिलोतमामा केन्द्रीय कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एसियाली ऋण महाशाखाले हरेक वर्ष प्रदान गर्दै आइरहेको (ACCESS) एक्सेस ब्रान्ड अन्तर्गत सिल्भर ब्रान्ड समेत प्राप्त गरेको छ। ३९,२३७ जना सेयर सदस्य भएको जन उत्थन साकोसको २०५९ साल असोज २६ गते साविक टिकुलीगढ गा.वि.स ८ सुपौरीमा भएको थियो।