
राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् ।
आज भएकाे भेटवार्तामा ‘जेन–जी’ ले गरेको प्रदर्शन र देशमा बदलिँदो परिस्थिति, शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे छलफल भएको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिनुभयो ।
छलफलका क्रममा देशको शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र सुरक्षा चुनौतीको आँकलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न सेनालाई आयोगले सुझाव दिएको छ ।