विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्नू : मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सूचना निकालेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा विद्यालयका शिक्षक तथा कर्मचारीले कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक भिडियो लगायत बाल मनोविज्ञानमा प्रत्यक्ष असर पुग्ने खालको सामग्री बनाई पोस्ट गर्ने गुनासो प्राप्त भएको जनाएको छ ।

गुनासोका आधारमा मन्त्रालयले विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालनमा पोस्ट नगर्न भनेको हो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation