ऊर्जामन्त्री घिसिङले तलब भत्ता नलिने

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले तलब भत्ता नलिने घाेषणा गर्नुभएकाे छ ।

आज सिंहदरबारमा रहेकाे मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री घिसिङले आफूले प्राप्त गर्ने तलब भत्ता र सुविधाहरू ‘जेन–जी’ प्रदर्शनका क्रममा मृत्युवरण गरेका शहीदहरूका परिवारलाई उपलब्ध गराउने बताउनुभएको हाे । यस्तै उहाँले आफ्ना सुरक्षाका हिसाबले आवश्यक सुरक्षाकर्मी मात्र लिने पनि उल्लेख गर्नुभयाे ।

मन्त्री घिसिङले आफ्नो जिम्मेवारी इमानदारितापूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्त जिम्मेवारीबाट हटाइने पनि बताउनुभयाे । ‘असल नियत राखी ढुक्क भएर काम गर्नुहोस् । देशको अवस्था हेरेर अहिले १८ घण्टा खटिएर काम गर्नुहोस्’, उहाँले भन्नुभयो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation