एभरेस्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट शुरू हुने

‘जेन–जी’ आन्दोलनका कारण बीचैमा रोकिएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग त्यही अवस्थाबाट शुरू हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले आज विज्ञप्ति निकालेर चाँडै नै नयाँ मिति र व्यवस्थानबारे जानकारी दिने बताएको हो ।

रोकिनुअघि प्रतियोगितामा १६ मध्ये ९ खेल सम्पन्न भइसकेको छन् । अब ७ खेल बाँकी छ । ६ वटा टोली सहभागी प्रतियोगितामा ललितपुर क्वीन्स शीर्ष, कर्णाली यशविस दोस्रो र मधेश युनाइटेड तेस्रो स्थानमा छन् ।

यसैबीच आयोजकले लिगमा सहभागी सबै स्वदेशी र विदेशी खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई सुरक्षित रूपमा घर पठाइएको पनि जानकारी गराएको छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation