
महान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत भएको छ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेकै दिन बडालको राजीनामा स्वीकृत भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएकै दिन अर्थात् मङ्गलवार बडालले पनि राजीनामा दिनुभएको थियो । महान्यायाधिवक्ताको भूमिका प्रधानमन्त्रीको प्रमुख कानूनी सल्लाहकारका रूपमा हुने गर्छ ।
नयाँ सरकार गठन भएपछि महान्यायाधिवक्ताले राजीनामा दिने नयाँ सरकारले अर्को व्यक्तिलाई नियुक्त गर्ने अभ्यास छ ।