सवारी चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द गरेको छ ।

यही भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरी/लुटपाटबाट विद्युतीय उपकरण, छपाइ उपकरण तथा सर्भर प्रणालीमा पूर्णरूपमा क्षति पुगेको विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यसैबीच विभागले ‘जेन–जी’ आन्दाेलनका क्रममा लुटिएका गाडी, कम्प्युटर, प्रिन्टर, ल्यापटप, छपाइ मेशिन लगायतका सामान फिर्ता गर्न आग्रह गरेकाे छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation