
दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा साविक विजेता कर्णाली यशविसले लगातार तेस्रो जीत निकालेको छ ।
पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा आज भएको पहिलो खेलमा कर्णालीले काठमाण्डौ स्पाइकर्सलाई ३–० को सोझो सेटमा हरायो । कर्णालीले पहिलो सेट २५–२२, दोस्रो सेट २९–२७ र तेस्रो सेट २८–२६ ले जित्यो ।
कर्णालीले यसअघि पोखरा निन्जाज र लुम्बिनी लाभाजलाई हराएको थियो । योसँगै कर्णाली ३ खेलमा ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै काठमाण्डौले भने दोस्रो हार बेहोरेको हो । पहिलो खेलमा ललितपुर क्वीन्ससँग पराजित भएको काठमाण्डौले दोस्रो खेलमा मधेश युनाइटेडलाई हराएको थियो ।
यस्तै आजकाे दाेस्राे खेलमा लुम्बिनी लाभाजलाई ३–० काे साेझाे सेटमा हराउँदै साविक उपविजेता ललितपुर क्वीन्सले लगातार तेस्राे जीत निकालेकाे छ । ललितपुरले पहिलाे सेट २५–१३, दाेस्राे सेट २५–२० र तेस्राे सेट २५–२१ ले जित्याे ।
ललितपुरले यसअघि यसअघि मधेश युनाइटेड र काठमाण्डाै स्पाइकर्सलाई हराएको थियो । याेसँगै ललितपुर ३ खेलमा ९ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । यस्तै लुम्बिनीले भने दाेस्राे हार बेहाेरेकाे हाे । पहिलाे खेलमा कर्णाली यशविससँग पराजित भएकाे लुम्बिनीले दोस्रो खेलमा पोखरा निन्जाजलाई हराएको थियो ।
दोस्रो संस्करणको एन्फा महिला भलिबल लिगमा ६ वटा टोली रहेका छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुनेछ ।