
रुपन्देहीको कञ्चनमा जारी दोस्रो गौतम बुद्ध कप नाइन ए साइड फुटबल प्रतियोगिता २०८२ अन्तर्गत पहिलो क्वाटर फाइनलको खेलमा न्यु सिजनशील युवा क्लब र रेनबो एकेडेमी तथा सुनगाभा सामुदायिक विकास केन्द्र र भैँसाही युवा क्लब बीच भएको छ। 

गौतम बुद्ध सामुदायिक विकास केन्द्र कञ्चन ५ पिपरिचापा रूपन्देहीको आयोजनामा सञ्चालन भएको आजको छैटौ दिनमा न्यु सिजनशील युवा क्लब र रेनबो एकेडेमी तथा सुनगाभा सामुदायिक विकास केन्द्र र भैँसाही युवा क्लब बीच प्रतिस्पर्धा भएको थियो। न्यु सिजनशील युवा क्लब र रेनबो एकेडेमी भएको पहिलो खेल अन्तर्गतमा रेनबो एकेडेमी विजयी भएको छ। रेनबो एकेडेमीले न्यु सिजनशील युवा क्लबलाई ३- ० गोल अन्तर्गतले पराजित गरेसँगै रेनबो एकेडेमी सेमी फाइनलमा प्रवेश गर्न सफल भएको हो।
हिजो भएको खेलमा रेनबो एकेडेमीका लागि सन्दिप चौधरी,मिलन आले र सुरज थारुले १-१ गोल गरेका थिए भने खेलमारेनबो एकेडेमीका सन्दिप चौधरी म्यान अफ द म्याच घोषित भएको गौतम बुद्ध सामुदायिक विकास केन्द्रका खेल संयोजक रोशन पुनले जानकारी दिनुभएको छ।

त्यस्तै दोस्रो खेलमा सुनगाभा सामुदायिक विकास केन्द्र र भैँसाही युवा क्लब बीच प्रतिस्पर्धा भएको थियो। सुनगाभा सामुदायिक विकास केन्द्रले भैँसाही युवा क्लबलाई ३- १ गोल अन्तर्गतले पराजित गरेसँगै सुनगाभा सामुदायिक विकास केन्द्र सेमी फाइनलमा प्रवेश गर्न सफल भएको हो।हिजो भएको खेलमा सुनगाभा सामुदायिक विकास केन्द्रका अजित गुरुङले २ र कमल भट्टराईले १ गोल गरेका थिए भने भैँसाही युवा क्लबका सञ्जु सेनले १ गोल गरेका थिए। भैंसाही युवा क्लब बिरुद्ध २ गोल र उत्कृष्ट प्रदशन गर्दै खेलको म्यान अफ दि म्याच भएका छन।


प्रतियोगितामा न्यु सिजनशील एफसी कञ्चन ४ रुपन्देही, न्यु बुद्ध स्पोर्ट्स क्लब बालगंगा नगरपालिका ११, रेम्बो एकेडेमी कञ्चन ३ हरैया रुपन्देही, मुर्गिया फुटबल क्लब सैनामैना ४ रुपन्देही, बुद्ध सेभेन स्टार क्लब सैनामैना ११ रूपन्देही, न्यु सिर्जना युवा क्लब तिलोतमा १३ रुपन्देही, सुनगाभा सामुदायिक विकास केन्द्र कन्चन ४ रूपन्देही, इभोलुसन युवा क्लब तामनगर रूपन्देही, भैसाही युवा क्लब कञ्चन ५ रुपन्देही, एम बी ब्रदर्स फर्साटिकर रूपन्देही, करङ्गे एफसी कञ्चन रुपन्देही, गौतमबुद्ध सामुदायिक विकास केन्द्र कञ्चन ५ रुपन्देही, सुनौलो संगम युवा क्लब कञ्चन ३ रूपन्देही, विश्व शान्ति युवा क्लब सैना महिना १० सालझण्डी गरी १६ फुटबल क्लबहरूले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्। कञ्चन ५ पिपरीचापा खेलमैदानमा हरेक दिन दिउँसो १ बजेदेखि सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत आजदेखि क्वाटर फाइनलका खेलहरु सुरु हुने जानकारी दिनु भएको छ।

प्रतियोगिताको अन्तिम फाइनल खेल भदौ १० गते हरितालिका तीजका दिन हुने केन्द्रका अध्यक्ष कमल परियाले जानकारी दिनुभएको छ।
आज दोस्रो क्वाटर फाइनल खेल अन्तर्गत विश्व शान्ति युवा क्लब र गौतमबुद्ध सामुदायिक विकास केन्द्र तथा योङ्ग बोइज र न्यु सिर्जना युवा क्लब बीच हुने खेल आयोजकले जनाएको छ।