
रुपन्देहीको कञ्चनबा जारी दोस्रो गौतम बुद्ध कप नाइन ए साइड फुटबल प्रतियोगिता २०८२ अन्तर्गत पहिलो चरणका सम्पूर्ण खेलहरू सकिएका छन् गौतमबुद्ध सामुदायिक विकास केन्द्र कञ्चन पाँच पित्री झापा रूपन्देहीको आयोजनामा सञ्चालन भएको हिजोको पाँचौं दिनमा विश्व शान्ति युवा क्लब र सुनौलो संगम फुटबल क्लब बीच प्रतिस्पर्धा भएको थियो। विश्व शान्ति युवा क्लब र सुनौल संगम एफसी बीच भएको पहिलो चरण अन्तर्गतको अन्तिम खेलमा विजयी भएको छ विश्व शान्तिले सुनौल संगमलाई ३- २ गोल अन्तर्गतले पराजित गरेसँगै विश्व शान्ति क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएको हो।
हिजो भएको खेलमा विश्व शान्तिका लागि विश्वास श्रेष्ठ, रोशन थापा र आशिष राणाले १-१ गोल गरेका थिए भने सुनौल संगमका लागि विकि राई र बसन्त थापाले १-१ गोल गरेका थिए हिजो खेलमा विश्व शान्तिका विश्वास श्रेष्ठ म्यान अफ द म्याच घोषित भएको गौतम बुद्ध सामुदायिक विकास केन्द्रका खेल संयोजक रोशन पुनले जानकारी दिनुभएको छ। हरितालिका तीजको सन्दर्भ पारेर सञ्चालन गरिएको प्रतियोगितामा विजेता तिमीले १,११,१११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेता टिमले ६६ हजार ६६६ रुपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने खेल संयोजक उनले जानकारी दिनुभएको छ।
यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेलप्रदान गर्ने खेलाडीहरूलाई नगद ५००० सहित मेडल प्रमाण गरिने विधागत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूका लागि पनि आकर्षक पुरस्कार रहेको खेल संयोजक उनले जानकारी दिनुभएको छ।
प्रतियोगितामा न्यु सिजनशील एफसी कञ्चन ४ रुपन्देही, न्यु बुद्ध स्पोर्ट्स क्लब बालगंगा नगरपालिका ११, रेम्बो एकेडेमी कञ्चन ३ हरैया रुपन्देही, मुर्गिया फुटबल क्लब सैनामैना ४ रुपन्देही, बुद्ध सेभेन स्टार क्लब सैनामैना ११ रूपन्देही, न्यु सिर्जना युवा क्लब तिलोतमा १३ रुपन्देही, सुन्गावा सामुदायिक विकास केन्द्र कन्चन ४ रूपन्देही, इभोलुसन युवा क्लब तामनगर रूपन्देही, भैसाही युवा क्लब कञ्चन ५ रुपन्देही, एम बी ब्रदर्स फर्साटिकर रूपन्देही, करङ्गे एफसी कञ्चन रुपन्देही, गौतमबुद्ध सामुदायिक विकास केन्द्र कञ्चन ५ रुपन्देही, सुनौलो संगम युवा क्लब कञ्चन ३ रूपन्देही, विश्व शान्ति युवा क्लब सैना महिना १० सालझण्डी गरी १६ फुटबल क्लबहरूले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।
कञ्चन ५ पिपरीचापा खेलमैदानमा हरेक दिन दिउँसो १ बजेदेखि सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत आजदेखि क्वाटर फाइनलका खेलहरु सुरु हुने जानकारी दिनु भएको छ। प्रतियोगिताको अन्तिम फाइनल खेल भदौ १० गते हरितालिका तीजका दिन हुने केन्द्रका अध्यक्ष कमल परियाले जानकारी दिनुभएको छ।
आज क्वाटर फाइनल खेल अन्तर्गत न्यु सिजनशील युवा क्लब र रेनबो एकेडेमी तथा सुनगाबा सामुदायिक विकास केन्द्र र भैँसाही युवा क्लब बीच हुने खेल आयोजकले जनाएको छ।